close

एन्ड्रोइड १३ मा आधारित ‘सामसङ वन यूआई फाइभ’ को बेटा भर्सन सार्वजनिक

टेकपाना टेकपाना

साउन २३, २०७९ ७:५५

एन्ड्रोइड १३ मा आधारित ‘सामसङ वन यूआई फाइभ’ को  बेटा भर्सन सार्वजनिक

काठमाडौं । सामसङको एन्ड्रोइड १३मा आधारित वन यूआई ५ को बेटा भर्सन सार्वजनिक भएको छ । यो बेटा भर्सन हाल ग्यालेक्सी एस२२ सिरिजका स्मार्टफोनहरूको लागि मात्र सार्वजनिक गरिएको हो ।

हुन त कम्पनीले बेटा भर्सन सार्वजनिक भएको कुरा आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । यद्यपि जर्मनी, दक्षिण कोरिया तथा अमेरिका लगायतका देशको प्रयोगकर्ताहरूको ग्यालेक्सी एस२२ मा भने वन यूआई ५ को बेटा भर्सन उपलब्ध भइसकेको छ ।

उपलब्ध बेटा भर्सनमा कम्पनीले विशेषगरी मल्टिटास्किङ अर्थात् एकैपटकमा धेरै कामहरू गर्न सकिने फिचरलाई विशेष प्राथमिकता दिएको देख्न सकिन्छ ।

बेटा भर्सनमा देखिएका विशेष दुई फिचरहरू ‘स्वाइप फर पप-अप भिउ’ र ‘स्वाइप फर स्प्लिट स्क्रिन’ रहेका छन् । यी फिचरहरू इनेबल गर्न मोबाइलको सेटिङ एप खोलेर एड्भान्स फिचर्समा क्लिक गर्नुपर्ने हुन्छ ।

स्वाइप फर पप-अप भ्यु फिचर प्रयोग गरेर आफूले प्रयोग गरिरहेको एप डिस्प्लेमा स्वाइप गरेर डिस्प्लेको दाहिनेतिर अथवा बीचतिर लान सकिन्छ । र योसँगै अर्को एप पनि प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी स्वाइप फर स्प्लिट स्क्रिन प्रयोग गरेर आफूले प्रयोग गरिरहेको एपलाई दुईवटा औंला प्रयोग गरेर स्क्रिन स्वाइप गर्न सकिन्छ ।

यसले उक्त एप स्क्रिनको एकातिर बस्छ र अर्को एप ओपन गरेर प्रयोग गर्न सकिन्छ । यी फिचरले मल्टिटास्किङलाई छरितो बनाउने विश्वास गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३