close

माई पे वालेटले ल्यायो डिजिटल क्वाइन, १ क्वाइन बराबर रू. १ नै मूल्य हुने

टेकपाना टेकपाना

साउन २३, २०७९ ८:४०

माई पे वालेटले ल्यायो डिजिटल क्वाइन, १ क्वाइन बराबर रू. १ नै मूल्य हुने

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा ‘माई पे क्वाइन’ सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु. १ नै मूल्य हुनेगरी कम्पनीले यस्तो क्वाइन सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार हरेक कारोबारमा यस्ताे क्वाइन प्रयोग गर्न सकिन्छ ।

यससँगै माई पे प्रयोगकर्ताले मोबाइल टपअप तथा डेटा प्याकमा चार प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा दुई प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा दुई प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफर पाउने कम्पनीले जनाएको छ ।

यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँडिएको छ । उदाहरणको लागि प्रयाेगकर्ताले माई पेबाट रु. १,००० को मोबाइल टपअप गर्दा चार प्रतिशत (रु. ४०) फिर्ता हुन्छ । जसमा रु. २० क्यासको रुपमा वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ ।

माई पेबाट गरिएका सबै कारोबारमा यसरी नै क्वाइन प्राप्त गर्न सकिने र ग्राहकले त्यसपछिको जुनसुकै कारोबारमा यस्ताे क्वाइन प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ ।

‘हालसम्म सञ्चालनमा रहेको लोयल्टी पोइन्टहरुको सीमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन सार्वजनिक गरेका हाैं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३