close

व्यवसायको डिजिटल रूपान्तरणका लागि डेटा सबैभन्दा महत्वपूर्ण : प्याट्रिक ल

टेकपाना टेकपाना

साउन २३, २०७९ ११:३०

व्यवसायको डिजिटल रूपान्तरणका लागि डेटा सबैभन्दा महत्वपूर्ण : प्याट्रिक ल

काठमाडौं । प्रविधिको प्रयोग मार्फत व्यवसायिक संस्था र उनीहरूको व्यवसायीका प्रक्रियालाई परिवर्तन गरी दिगो आर्थिक विकास हासिल गर्नु नै डिजिटल रूपान्तरणको रुपमा लिन सकिन्छ । त्यसका लागि व्यवसायका हरेक पक्षलाई डिजिटाइज्ड गर्न आवश्यक छ ।

कतिपय अवस्थामा व्यवसायीक संस्थाले आफ्नो डिजिटल रूपान्तरणको क्रममा ग्राहकलाई केन्द्रमा नराख्दा असफल भएको घटनाहरू पनि अध्ययनले देखाएका छन् । त्यो हुँदा कुनै पनि प्रविधिको विकास गर्दा त्यसलाई सुरुमै ग्राहक केन्द्रित भएर बनाउन आवश्यक छ ।

जसले कुनै प्रोडक्ट वा बस्तु आवश्यक नहुँदा पनि ग्राहकलाई किन्न बाध्य बनाओस् । त्यसका लागि सबैभन्दा महत्वपूर्ण पाटो भनेको डेटा संकलन र संकलन भएका डेटाका आधारमा ग्राहकलाई भ्यालु–एड गर्नु नै हो ।

उदाहरणका लागि यदि कुनै ग्राहकले एउटा सामान किन्दै छ भने, उक्त सामानसँगै सम्बन्धित अर्को सामान देखाएर यो थप किन्दा बढी प्रभावकारी हुन्छ भन्ने बनाउनु हो । यो हुँदा ग्राहकले कुनै पनि प्रोडक्टको राम्रो फाइदा लिन सक्छन् भने, कम्पनीहरूले पनि उक्त संकलित डेटामार्फत ग्राहकलाई थप प्रभावकारी सेवा दिन सक्छन् ।

यसका लागि पछिल्लो समय धेरै व्यवसायी संस्थाहरूले क्लाउड कम्प्युटिङ, बिग–डेटा एनालिटिक्स, इन्टरनेट अफ थिङ्स(आईओटी) प्रविधिको प्रयोग त गरिरहेका छन् । तर, पनि सूचना प्रविधि कार्यान्वयनमा भएको अप्रयाप्तताका गर्दा डिजिटल रूपान्तरणलाई भने बाधा पुग्दै आएको छ ।

त्यो हुँदा ग्राहक केन्द्रित डिजिटल रूपान्तरणको नयाँ परिप्रेक्ष्यले सेवा प्रवाहलाई पूर्ण नयाँ बाटो दिनेछ । त्यसका लागि ह्वावेले ‘इन्टिलिजेन्ट–ट्वीन’ नामक आर्किटेक्चर तयार पारेको छ, जसले डिजिटल रूपान्तरणका लागि मद्दत गर्ने जनाइएको छ ।

यो समाधानले सही पूर्वाधारको पहिचानमा सहयोग गर्नेछ । सही पूर्वाधार क्लाउड, नेटवर्क, एज र डिभाइसको समग्र रूप हो । जसमा ‘इन्टिलिजेन्ट कनेक्टिभिटी’ र ‘इन्टिलिजेन्ट हब’ यसका दुई महत्वपूर्ण पाटा हुन् । जसले व्यवसायलाई आजको प्रतिस्पर्धामा उत्रिन मद्दत गर्नेछ ।

(ह्वावे डिजिटल नेपाल कन्क्लेभमा ह्वावेका ग्लोबल पब्लिक सर्भिस उद्योगका विज्ञ प्याट्रिक लले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३