close

टीएमएस प्रणालीमा जोडियो ईसेवा, अब खरिद गरेको शेयर रकम अनलाइनबाटै तिर्न मिल्ने

टेकपाना टेकपाना

साउन २३, २०७९ १५:३३

टीएमएस प्रणालीमा जोडियो ईसेवा, अब खरिद गरेको शेयर रकम अनलाइनबाटै तिर्न मिल्ने

काठमाडौं । शेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको शेयरको रकम अब ईसेवाबाटै भुक्तानी गर्नसक्ने भएका छन् । यसबाट शेयर लगानीकर्तालाई रकम भुक्तानीमा थप सहज हुने अपेक्षा गरिएकाे छ ।

हाल यो सेवा ३५ भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ईसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले आफ्नो ईसेवा एपसहित नजिकैको ईसेवा जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सक्ने जनाइएकाे छ ।

यो कारोबार रियल-टाइम (वास्तविक समय) मा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुवैलाई सहज हुने कम्पनीकाे दाबी छ ।

लगानीकर्ताले ईसेवामा रहेको टीएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा क्लिक गरी त्यसपछि कोल्याट्रल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर रकम पठाउन सकिनेछ ।

आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले शेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरी टीएमएसमा ईसेवा जोडिएको ईसेवाका बिजनेस हेड आशिष गौतमले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३