ट्रेन्डिङ:
टीएमएस प्रणालीमा जोडियो ईसेवा, अब खरिद गरेको शेयर रकम अनलाइनबाटै तिर्न मिल्ने सिक्सजीको प्रोटोटाइप तयार पार्दै दक्षिण कोरिया कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ? सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र शुद्ध शाकाहारी होटल-रेस्टुरेन्ट खोज्न मिल्ने मोबाइल एप ‘ह्याप्पी काउ’ ल्यापटप सिधै अफ गर्ने बानी छ ? ख्याल राख्नुस् यी कुरा टेलिकमका प्रयोगकर्ताले थाहा पाउनैपर्ने यूएसएसडी कोडहरू फेसबुक र गुगलको सम्मेलनमा शीर्ष २५ भित्र परे चार नेपाली नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने ! आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल
close

टीएमएस प्रणालीमा जोडियो ईसेवा, अब खरिद गरेको शेयर रकम अनलाइनबाटै तिर्न मिल्ने

टेकपाना टेकपाना

साउन २३, २०७९

टीएमएस प्रणालीमा जोडियो ईसेवा, अब खरिद गरेको शेयर रकम अनलाइनबाटै तिर्न मिल्ने

काठमाडौं । शेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको शेयरको रकम अब ईसेवाबाटै भुक्तानी गर्नसक्ने भएका छन् । यसबाट शेयर लगानीकर्तालाई रकम भुक्तानीमा थप सहज हुने अपेक्षा गरिएकाे छ ।

हाल यो सेवा ३५ भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ईसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले आफ्नो ईसेवा एपसहित नजिकैको ईसेवा जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सक्ने जनाइएकाे छ ।

यो कारोबार रियल-टाइम (वास्तविक समय) मा हुने हुनाले ब्रोकर र लगानीकर्ता दुवैलाई सहज हुने कम्पनीकाे दाबी छ ।

लगानीकर्ताले ईसेवामा रहेको टीएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा क्लिक गरी त्यसपछि कोल्याट्रल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर रकम पठाउन सकिनेछ ।

आर्थिक स्वाधिनतातिर लम्किरहेको समाजले सरल र सहज तरिकाले शेयर बजारको दोस्रो बजारमा करोबार गर्न मिल्ने गरी टीएमएसमा ईसेवा जोडिएको ईसेवाका बिजनेस हेड आशिष गौतमले बताए ।