close

तपाईंको फोन कसैले ट्र्याक गरिरहेको त छैन ?

टेकपाना टेकपाना

साउन २३, २०७९ २०:२२

तपाईंको फोन कसैले ट्र्याक गरिरहेको त छैन ?

काठमाडौं । माेबाइल फाेन व्यक्तिगतसँगै व्यावसायिक प्रयोजनका लागि पनि प्रयोग गरिरहन्छ । फोन प्रयोग गरिरहँदा आफूलाई त्यहाँ गरिएका सम्पूर्ण कुरा व्यक्तिगत भएको आभास लाग्ला ।

वा, सामान्य अर्थमा भन्दा हामीलाई हाम्रो फोनमा के के भइरहेको छ भन्ने कुरा हामीबाहेक अरू कसैलाई थाहा हुँदैन भन्ने भ्रम हुन्छ । हामीले यहाँ फोन कसरी ट्र्याक हुन्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौं ।

फोन कसले ट्र्याक गरिरहेको हुन्छ होला ?

फोन ट्र्याक अनपेक्षित रूपमा भइरहेको हुन्छ । विभिन्न एप तथा अपरेटिङ सिस्टममा हुने लोकेसन-ट्रयाकिङ फिचरले गर्दा फोन ट्रयाक हुने अनुसन्धानकर्मी बताउँछन् । किनभने यस्ता फिचर भएनन् भने कुनै पनि व्यक्तिले लोकेसनको एक्सेस पाउन सक्दैनन् ।

लोकेसनको एक्सेस पाउन फोन उसैसँग भएको हुनुपर्छ । त्यस्तै मोबाइल धनीले अर्को व्यक्तिले ट्र्याकिङ अन गर्‍यो भन्ने नोटिफिकेसन पनि पाउँदैन, जसले गर्दा लोकेसन ट्र्याकिङको जोखिम बढ्दो छ ।

त्यस्तै यदि तपाईंले काम गर्ने ठाउँबाट तपाईंको डिभाइस ट्रयाक भइरहेको हुन्छ । यदि तपाईंलाई तपाईंले काम गर्ने कम्पनीले फोन दिएको छ वा कर्पोरेट नेटवर्कमा फोन कनेक्ट छ भने त्यसमा कम्पनीले फोन ट्र्याक गर्नेगर्छ ।

त्यसबाहेक तपाईंका कति एप र फोन सेवामा पहिले नै ट्र्याकिङ सिस्टम छ भन्ने भन्ने कुरा हेर्न सकिँदैन । कतिपय अवस्थामा यस्ता फिचरले तपाईं कुन लोकेसनमा हुनुहुन्छ भन्ने कुरा देख्न सक्नुहुन्छ ।

तर, यो फिचरले एप खोलेको समयबाहेक अन्य अवस्थामा पनि ब्याकग्राउण्डमा काम गरिरहेको हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

मोबाइल सेवा प्रदायक वा इन्टरनेट सेवा प्रदायक पनि फोन ट्र्याकिङ कार्यमा संलग्न हुन सक्छन् । किनभने हरेक फोनले सेल टावरमा ‘पर्सनल आईडेन्टिफायर’ पठाउनुपर्ने हुन्छ ।

‘पर्सनल आईडेन्टिफायर’ भनेको व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारीको एक समूह हो, जसले व्यक्तिलाई पहिचान गरेको हुन्छ ।

यो कनेक्टिभिटिको महत्त्वपूर्ण पक्ष हो । किनभने हरेक फोन कम्पनीले सो व्यक्ति र उसको लोकेसन प्रमाणित गर्नुपर्ने हुन्छ ।

के आफ्नो फोन कोहीबाट ट्र्याक भइरहेको छ भन्ने कुरा कोडबाट चेक गर्न सकिन्छ ?

कतिपय मानिसले फोन सम्भावित ट्र्याक भएको चेतावनीका संकेत पत्ता लगाउन सक्छन् ।

उदाहरणका लागि उनीहरूले फोनमा अप्रत्याशित रूपमा परिवर्तन आएको महसुस गर्न सक्छन् । यस्तो अवस्थामा डिभाइस स्लो हुने वा फास्ट हुनेगर्छ । तर, सबै अवस्थामा फोन स्लो वा फास्ट भयो भने ट्र्याक भइरहेको छ भन्ने पनि हुँदैन ।

फोन ट्र्याक हुनबाट कसरी रोक्ने ?

फोन ट्र्याक हुनबाट रोक्नु भनेको फोन आफ्नो नियन्त्रणमा ल्याउनु हो । त्यसका लागि तलका विभिन्न उपाय अपनाउन सक्नुहुन्छ ।

-फोन एरोप्लेन मोडमा राख्नुहोस् र जीपीएस लोकेसन अफ गर्नुहोस्

फोन ट्र्याक हुनबाट रोक्न सबैभन्दा बढी भूमिका फोनमा भएको एरोप्लेन मोडले खेलेको हुन्छ । एरोप्लेन मोड अन गर्दा सेलुलर तथा वाई-फाई कनेक्सन आउनबाट रोकिन्छ ।

एरोप्लेन मोड अन गरिसकेपछि तपाईंको फोनमा कुनै पनि कल आउँदैन । साथै त्यसमा इन्टरनेट कनेक्सन पनि बन्द हुन्छ ।

एरोप्लेन मोड अफ गरिसकेपछि अब तपाईंले जीपीएस लोकेसन अफ छ वा छैन भन्ने हेर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा एरोप्लेन मोडले लोकेसन नै अफ गरेको हुन्छ । यदि जीपीएस अन छ भने अफ गर्नुहोस् ।

अपरेटिङ सिस्टमको सेटिङमा संलग्न हुनुहोस्

एपमा आधारित ट्र्याकिङका बारेमा चिन्तित व्यक्ति अपरेटिङ सिस्टमको सेटिङमा सतर्क हुनुपर्छ । आईओएसका हालसालैको संस्करणमा सबै एपमा ट्र्याकिङ डिसेबल गर्ने सुविधा छ ।

त्यस्तै सिंगल एपका लागि पनि लोकेसन डिसेबल गर्न सकिन्छ ।

गुगलले पछिल्लो समय एन्ड्रोइडका लागि उही किसिमको फिचर भएको ‘प्राइभेसी स्याण्डबक्स’ ल्याउने घोषणा गरेको छ, जसबाट थर्ड पार्टीमा सीमित व्यक्तिगत डेटा मात्र ट्रान्सफर हुन्छन् ।

त्यस्तै लोकेसन ट्र्याकिङको सन्दर्भमा पनि यसले अन्य एपलाई एक्सेस दिँदैन ।

-गोपनीयतामा केन्द्रित ब्राउजर प्रयोग गर्नुहोस्

प्रायः प्रयोगकर्ताले वेब ब्राउजिङका लागि गुगल क्रोमलाई प्राथमिकता दिन्छन् । तर, उनीहरूलाई यसले प्रयोगकर्ताको अनलाइन क्रियाकलापहरू ट्र्याक भइरहेको हुन्छ भन्ने थाहा नहुन सक्छ ।

यसका लागि तपाईंले त्यस्ता ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ, जसले कम ट्र्याक गर्छन् । वा ट्र्याक नै नगर्ने ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ ।

गोपनीयताको सवालमा यी ब्राउजर उपयुक्त हुनसक्छन् ।

ब्रेभ

मोजिला फायरफक्स

-डकडक गो

माइक्रोसफ्ट एज 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३