close

प्रयोगकर्ताले रुचाएनन् नेटफ्लिक्सका गेम

टेकपाना टेकपाना

साउन २४, २०७९ १२:१३

प्रयोगकर्ताले रुचाएनन् नेटफ्लिक्सका गेम

काठमाडौं । गेमिङ क्षेत्रलाई प्राथमिकता दिँदै नेटफ्लिक्सले आफ्नो प्लेटफर्ममा विभिन्न गेम समावेश गरेको छ । यसका लागि कम्पनीले केही गेमिङ कम्पनीहरू खरिद पनि गरेको थियो ।

यद्यपि गेमिङ क्षेत्रमा नेटफ्लिक्सको सुरुवात त्यति फलदायी हुन सकेकाे छैन । सीएनबीसीमा प्रकाशित एक रिपोर्टअनुसार नेटफ्लिक्सका कुल प्रयोगकर्तामध्ये एक प्रतिशतभन्दा पनि कम प्रयोगकर्ताले नेटफ्लिक्सको गेम डाउनलोड गरेका छन् ।

हाल नेटफ्लिक्सका गेम कुल दुई करोड ३३ लाख पटक डाउनलोड भएका छन् भने नेटफ्लिक्स गेमको दैनिक सक्रिय प्रयोगकर्ता १७ लाखमात्र छन् ।

जब कि हाल नेटफ्लिक्सको कुल प्रयोगकर्ता २२ करोड १० लाख बढी छन् । गेमिङलाई प्राथमिकता दिँदै कम्पनीले नेक्स्ट गेम्स, स्प्रिटफेरर, इन्टु दि ब्रिच लगायत गेमिङ कम्पनीहरू खरिद पनि गरेको थियो ।

यद्यपि यो प्रयासले नेटफ्लिक्सलाई राम्रो प्रतिफल भने दिएको छैन ।

स्ट्रिमिङको क्षेत्रमा खस्कदो स्थितिलाई कम्पनीले गेमिङ जोडेर उकास्न खोजेको अनुमान पनि गरिएको थियो । तर गेमिङ सेवाले पनि कम्पनीलाई सकारात्मक परिणाम भने दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३