close

ह्वाट्सएपमा पठाएको मेसेज अब ४८ घण्टाभित्र फिर्ता ल्याउन सकिने

टेकपाना टेकपाना

साउन २४, २०७९ १२:४०

ह्वाट्सएपमा पठाएको मेसेज अब ४८ घण्टाभित्र फिर्ता ल्याउन सकिने

काठमाडौं । ह्वाट्सएपमा पठाएको मेसेज अब ४८ घण्टा अर्थात् दुई दिनभित्र अनसेन्ड गर्न सकिने भएको छ । मंगलबार एक ट्वीट गर्दै कम्पनीले यो फिचर लागू भएको घोषणा गरेको हो ।

पछिल्लो समय कुनै पनि मेसेज पठाइसकेको एक घण्टाभित्र सबैका लागि हटाउन सकिन्थ्यो भने अब दुई दिनसम्म हटाउन सकिने भएको छ ।

ह्वाट्सएपमा प्रयोगकर्ताले आफूले पठाएको मेसेज सबैका लागि हटाउन चाहेमा मेसेज पठाएको दुई दिनको समयभित्र हटाउन सक्नेछन् ।

याे फिचर प्रयोग गर्न कुनै पनि ग्रुप वा व्यक्तिको च्याट खोल्नुहोस् । त्यसपछि पठाएको च्याटलाई छान्नुहोस् ।

त्यसपछि माथि दायाँपट्टि डिलिटको आइकन देख्न सक्नुहुन्छ । त्यसपछि डिलिट फर एभ्रिवानमा ट्याप गर्नुभयो भने सो मेसेज डिलिट हुन्छ ।

तर, याद गर्नुहोस् यो फिचर प्रयोग गर्नका लागि तपाईं र पठाएको व्यक्तिले ह्वाट्सएपको पछिल्लो संस्करण अपडेट गरेको हुनुपर्छ ।

अपडेट नभएको खण्डमा भने डिलिट फर एभ्रिवानको अप्सन देखिँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३