close

नागरिक एपमा तपाईंको आवेदन दर्ता भएन ? यस्तो हुनसक्छ कारण

टेकपाना टेकपाना

साउन २४, २०७९ १३:१३

नागरिक एपमा तपाईंको आवेदन दर्ता भएन ? यस्तो हुनसक्छ कारण

काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एप सञ्चालन गरिरहेको छ ।

तर सेवाग्राहीहरूले यो एपलाई लिएर सुरुवातदेखि ने विभिन्न गुनासो गरिरहेका छन् । मुख्यगरी एप दर्तामा नागरिकता नम्बर नमिलेर आवेदन रद्द भएको गुनासो बढी आउने गरेको छ ।

हालै नागरिक एपले एक सूचना जारी गर्दै दर्ता गर्ने समयमा सही नागरिकता नम्बर समावेश नराख्दा आवेदन रद्द गरिएको जानकारी दिँदै सही नम्बर प्रविष्ट गर्न अनुरोध गरेको छ ।

‘हाल दर्ता असफल भएका निवेदनमध्ये अधिकांशमा नागरिकता नम्बर गलत भेटिएको हुँदा कृपया नम्बर प्रविष्ट गर्दा नागरिकताको प्रमाणपत्रमा भएका “/” तथा “-” जस्ता चिन्ह समेत हुबहु प्रविष्ट गरिदिनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३