close

भिभोको सस्तो स्मार्टफोन नेपाली बजारमा, लगातार १९ घण्टा फिल्म हेर्न सकिने

टेकपाना टेकपाना

साउन २४, २०७९ १४:२८

भिभोको सस्तो स्मार्टफोन नेपाली बजारमा, लगातार १९ घण्टा फिल्म हेर्न सकिने

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड भिभोको नयाँ स्मार्टफोन भित्रिएको छ । कम्पनीले मंगलबारदेखि ‘वाई’ सिरिजअन्तर्गत ‘भिभो वाई१५सी’ नेपाली बजारमा उपलब्ध गराएको हो ।

सिमलेस अनुभवका लागि यो स्मार्टफोनमा ६.५१ इन्चको हेलो फुलभ्यु डिस्प्लेसहित ‘आई प्रोटेक्सन’ समावेश गरिएको छ ।

फोनमा १३ मेगापिक्सेलको एआई डुअल क्यामेरा र २ मेगापिक्सेलको सुपर क्याक्रो क्यामेरा छ, जसबाट उच्चस्तरीय फोटोग्राफीको अनुभव लिन सकिने कम्पनीको भनाइ छ । त्यस्तै सेल्फीका लागि यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री वाई१५सी मा ५००० एमएएच ब्याट्री छ, जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ ।

यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा ७.८९ घण्टा गेम खेल्न सकिने कम्पनीकाे दाबी छ ।

यसमा ५ भोल्टको रिभर्स चार्जिङ छ र पावर बैंकजस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ ।

ग्राहकले यो फोन मिस्टिक ब्लू र वेभ ग्रीनमा खरिद गर्नसक्छन् ।

यसमा साइड-माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् ।

फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित फाेन ३ जीबी र्‍याम र ३२ जीबी रोममा उपलब्ध छ, जसकाे मूल्य १७ हजार ९९९ मा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३