ट्रेन्डिङ:
भिभोको सस्तो स्मार्टफोन नेपाली बजारमा, लगातार १९ घण्टा फिल्म हेर्न सकिने माइक्रोसफ्टका कर्मचारीले अब स्थायीरुपमै घरबाट काम गर्न पाउने यस्ता छन् वर्षका उत्कृष्ट टिकटक भिडिओ, इफेक्ट र गीत जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? क्रोममा यसरी इनेबल गर्नुहोस् नयाँ पीडीएफ रिडर यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ?
close

भिभोको सस्तो स्मार्टफोन नेपाली बजारमा, लगातार १९ घण्टा फिल्म हेर्न सकिने

टेकपाना टेकपाना

साउन २४, २०७९

भिभोको सस्तो स्मार्टफोन नेपाली बजारमा, लगातार १९ घण्टा फिल्म हेर्न सकिने

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड भिभोको नयाँ स्मार्टफोन भित्रिएको छ । कम्पनीले मंगलबारदेखि ‘वाई’ सिरिजअन्तर्गत ‘भिभो वाई१५सी’ नेपाली बजारमा उपलब्ध गराएको हो ।

सिमलेस अनुभवका लागि यो स्मार्टफोनमा ६.५१ इन्चको हेलो फुलभ्यु डिस्प्लेसहित ‘आई प्रोटेक्सन’ समावेश गरिएको छ ।

फोनमा १३ मेगापिक्सेलको एआई डुअल क्यामेरा र २ मेगापिक्सेलको सुपर क्याक्रो क्यामेरा छ, जसबाट उच्चस्तरीय फोटोग्राफीको अनुभव लिन सकिने कम्पनीको भनाइ छ । त्यस्तै सेल्फीका लागि यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

लामो समयसम्म टिक्ने शक्तिशाली ब्याट्री वाई१५सी मा ५००० एमएएच ब्याट्री छ, जुन दैनिक कार्यका लागि पर्याप्त हुन्छ ।

यसलाई एक पटक पूर्ण चार्ज गरेपछि १८.७४ घण्टासम्म चलचित्र हेर्न वा ७.८९ घण्टा गेम खेल्न सकिने कम्पनीकाे दाबी छ ।

यसमा ५ भोल्टको रिभर्स चार्जिङ छ र पावर बैंकजस्ता अन्य उपकरण चार्ज गर्न प्रयोग गर्न सकिन्छ ।

ग्राहकले यो फोन मिस्टिक ब्लू र वेभ ग्रीनमा खरिद गर्नसक्छन् ।

यसमा साइड-माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजीसेयर लगायतका विशेषताहरु छन् ।

फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित फाेन ३ जीबी र्‍याम र ३२ जीबी रोममा उपलब्ध छ, जसकाे मूल्य १७ हजार ९९९ मा खरिद गर्न सकिन्छ ।