ट्रेन्डिङ:
म्युजिक नेपाल बन्यो पब्लिक कम्पनी, चाँडै आईपीओ जारी गर्ने नासाका यी अद्भूत आविष्कार, जुन तपाईँले दैनिक प्रयोग गरिरहनु भएको छ सस्तो शुल्कमा नेपालमै विदेशको प्रतिष्ठित आईटी डिग्री एनसेलको होम एन्ड अवे डेटा अफर, ५९९ रुपैयाँमै ६० जीबी डेटा राम्रो इन्टरनेट स्पिडका लागि कहाँ राख्ने राउटर ? जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट फोनमा राखेको प्याटर्न बिर्सनुभयो ? यस्तो छ अनलक गर्ने सहज तरिका यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? सस्तो मूल्यमा स्मार्टले ल्यायो १८० जीबी डेटा घाम लाग्दा चल्छ, बादल लाग्दा बन्द हुन्छ टेलिकमको मोबाइल सेवा
close

म्युजिक नेपाल बन्यो पब्लिक कम्पनी, चाँडै आईपीओ जारी गर्ने

टेकपाना टेकपाना

साउन २४, २०७९

म्युजिक नेपाल बन्यो पब्लिक कम्पनी, चाँडै आईपीओ जारी गर्ने

काठमाडौं । निजी क्षेत्रकाे पहिलो सङ्गीत कम्पनी म्युजिक नेपालले आईपीओ जारी गर्ने भएको छ ।

पब्लिक कम्पनी लिमिटेड बनेसँगै आईपीओ निष्कासन गर्न म्युजिक नेपालले एनआईसी एसिया क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवासँग सहकार्य गरेको छ ।

हालै यी कम्पनीबीच शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

योसँगै म्युजिक नेपाल सर्वसाधारणमाझ शेयर जारी गर्ने सङ्गीत क्षेत्रकै पहिलाे कम्पनी बन्नेछ ।

‘स्रष्टाको संरक्षण गरौँ राष्ट्रलाई समृद्ध बनाऔँ’ भन्ने नाराका साथ ०३९ सालमा स्थापना भएको याे कम्पनीले सुरुवाती दिनदेखि गीत रेकर्ड गर्दै एल्बम प्रकाशन एवं बिक्री वितरण गर्दै आइरहेकोमा पछिल्लाे समय डिजिटल प्रणालीबाट सेवा दिइरहेकाे छ ।

हाल म्युजिक नेपालकाे युट्युब च्यानल नेपालकै सर्वाधिक सब्सक्राइबर भएकाे च्यानल हाे ।