close

नेसनल पेमेन्ट स्विचमा जोडियो एनएमबी क्यापिटल

टेकपाना टेकपाना

साउन २४, २०७९ १५:२९

नेसनल पेमेन्ट स्विचमा जोडियो एनएमबी क्यापिटल

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड नेसनल पेमेन्ट स्विच (एनपीएस) मा जाडिएको छ ।

आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

योसँगै एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी नेसनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सक्नेछ ।

यसअन्तर्गत एनएमबी क्यापिटलले एनसीएचएल/आईपीएस र कनेक्ट आईपीएस प्रणालीमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा कारोबार आफ्नो तथा लाभग्राहीका बैंक खातामा सोझै गर्न सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३