close

स्न्यापच्याटमा तपाईंका छोराछोरी कोसँग च्याट गर्दैछन् ? अब थाहा पाउन सकिने

टेकपाना टेकपाना

साउन २४, २०७९ १५:५२

स्न्यापच्याटमा तपाईंका छोराछोरी कोसँग च्याट गर्दैछन् ? अब थाहा पाउन सकिने

काठमाडौं । स्न्यापच्याटमा नयाँ टुल आएको छ । यसअन्तर्गत अब अभिभावकले आफ्ना बालबालिका कोसँग च्याट गरिरहेका छन् भनेर थाहा पाउन सक्नेछन् ।

हालै कम्पनीले बालबालिकाको सुरक्षाका लागि लक्षित गर्दै  ‘सुपर भिजन’ टुल ल्याएकाे छ । यो फिचर प्रयोग गरी अभिभावकले आफ्ना बालबालिका कोसँग च्याट गरिरहेको छन् भनेर जानकारी लिन सक्नेछन् ।

च्याटमा बोल्ने व्यक्तिको जानकारी प्राप्त भएपनि दुई जना बीचमा हुने च्याटमा भने अभिभावकको पहुँच हुनेछैन । यसको अर्थ अभिभावकले दुई जनाबीचमा हुने कुराकानी हेर्न पाउने छैनन् ।

याे फिचर लागू गर्न बालबालिका र अभिभावक दुवै प्रयाेगकर्ताले ‘फ्यामिली सेन्टर’ को इन्भिटेसन एक्सेप्ट गरेको हुनुपर्छ ।

जब रिक्वेस्ट एक्सेप्ट हुन्छ, तब अभिभावकले आफ्ना बालबालिकाको स्न्यापच्याट प्राेफाइलमा रहेको सबै फ्रेन्डलिस्ट हेर्न सक्नेछन् । साथै पछिल्लो सात दिनमा सबैभन्दा बढी कोसँग कुराकानी गरिरहेका छन् भनेर थाहा पाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३