close

महेन्द्रनगरमा भायनेटको इन्टरनेट र टिभी सेवा

टेकपाना टेकपाना

साउन २४, २०७९ १६:२१

महेन्द्रनगरमा भायनेटको इन्टरनेट र टिभी सेवा

महेन्द्रनगर । इन्टरनेट एवं टेलिभिजन सेवा प्रदायक भायनेटले महेन्द्रनगरमा शाखा विस्तार गरेको छ । देशका विभिन्न ठाउँमा शाखा विस्तार गर्ने क्रममा कम्पनीले महेन्द्रनगरमा पनि सेवा सञ्चालनमा ल्याएको हो ।

भायनेटले हाल विभिन्न इन्टरनेट प्याकसँगै १७५ भन्दा बढी च्यानल भएको भयाटिभी सेवा दिँदै आएको छ ।

महेन्द्रनगरमा सेवा विस्तार भएको अवसरमा कम्पनीले आफ्नो अल्ट्रा-फाई प्याकेजमा चार महिनासम्मको ‘फ्री ओपनिङ अफर’ उपलब्ध गराएको छ ।

साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाई-फाई डिभाइस र भायटिभीको प्राइमरी सेटटप बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् ।

भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा आईपी टिभी सेवा ल्याएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३