close

कार्यालय बाहिर वा बिदामा हुनुहुन्छ ? प्रयोग गर्नुहोस् जीमेलको यो उपयोगी फिचर

टेकपाना टेकपाना

साउन २४, २०७९ १७:१७

कार्यालय बाहिर वा बिदामा हुनुहुन्छ ? प्रयोग गर्नुहोस् जीमेलको यो उपयोगी फिचर

काठमाडौं । कार्यालयबाट बिदामा बस्दा पनि तपाईंलाई विभिन्न ईमेल आइरहेका हुन्छन् । पठाउने व्यक्ति वा संस्थालाई तपाईं बिदामा बस्नुभएकाे छ भन्ने कुरा थाहा हुँदैन । जसले गर्दा उनीहरू तपाईंको जवाफ/प्रतिक्रियाको प्रतीक्षामा हुन्छन् ।

याे प्राय सबै पेशेवर व्यक्तिले भाेगिरहने अवस्था हाे । यसका लागि जीमेलकाे ‘भ्याकेसन रेस्पोन्डर फिचर’ उपयुक्त हुनसक्छ । यसबाट ईमेल पठाउने व्यक्तिलाई आफू बिदामा बसेको जानकारी दिन सकिन्छ ।

यो फिचर अन गरेपछि ईमेल पठाउने व्यक्तिले स्वतः तपाईं बिदामा हुनुहुन्छ भन्ने जवाफ पाउँछ । त्यस्तै तपाईंले आफ्नो जवाफ कुन समयमा पठाउने, प्रतिक्रियामा के के लेख्ने भन्ने कुरा छान्न पाउनुहुन्छ ।

जीमेलमा ‘भ्याकेसन रेस्पोन्डर’ एक्टिभेट गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले ब्राउजरमा गएर जीमेल खोल्नुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको सेटिङको आइकनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि सी अल सेटिङमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि स्क्रोल गर्दै तल अन्तिममा गएर ‘भ्याकेसन रेस्पोन्डर’ भन्ने सेक्सन देख्न सक्नुहुन्छ ।
  • त्यसमा रहेको ‘भ्याकेसन रेस्पोन्डर अन’ भन्ने अप्सन छान्नुहोस् ।
  • त्यसपछि ‘फस्ट डे’को बक्समा कहिलेबाट बिदा बस्ने त्यो मिति छान्नुहोस् ।
  • त्यस्तै ‘लास्ट डे’को ठाउँमा अन्तिम मिति छान्नुहोस् ।
  • त्यसपछि ‘सब्जेक्ट’मा विषय छान्नुहोस् । अन्तिममा रहेको मेसेजमा आफू ईमेलको प्रतिक्रिया दिन नसक्ने सन्देश लेख्नुहोस् ।
  • त्यसपछि तल ‘सेभ चेन्ज’मा क्लिक गर्नुहोस् ।
  • यति गरिसक्नुभयो भने तपाईंलाई ईमल पठाउने जोकोहीलाई बिदाको समयावधिमा तपाईंले प्रतिक्रिया दिन नसक्ने सन्देश जान्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३