close

चीनमा अब चालक बिनाका रोबोटिक ट्याक्सी गुड्ने, बैडुले पायो पहिलो अनुमति

टेकपाना टेकपाना

साउन २४, २०७९ १७:४२

चीनमा अब चालक बिनाका रोबोटिक ट्याक्सी गुड्ने, बैडुले पायो पहिलो अनुमति

काठमाडौं । चिनियाँ कम्पनी बैडुले चालकरहित रोबोटिक ट्याक्सी सञ्चालन गर्न अनुमति पाएको छ । योसँगै चीनमा पूर्ण रूपमा चालकरहित रोबोटिक ट्याक्सीका लागि अनुमति पाउने बैडु पहिलो कम्पनी बनेको छ । 

कम्पनीले पहिलो चरणमा चीनका चोङकिङ, वुहान लगायतका सहरमा व्यावसायिक रुपमा ड्राइभरलेस रोबोटिक ट्याक्सी सञ्चालन गर्नेछ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार बैडुले दैनिक ८ घण्टाका दरले सडकमा यस्ताे ट्याक्सी सञ्चालनमा ल्याउने छ ।

‘पूर्ण ड्राइभरलेस रोबोटिक कारले सार्वजनिक सडकमा सेवा दिनु भनेको ठूलाे उपलब्धि हाे,’ बैडुका उपाध्यक्ष वाई डोङले भनेका छन्, ‘अब हामीले अन्य ठाउँमा क्रमशः सेवा विस्तार गर्नेछाैं ।’

हुन त ड्राइभरलेस रोबोटिक ट्याक्सी चीनका लागि नयाँ भने होइन । गएको अप्रिलमा केही अन्य चिनियाँ कम्पनीले पनि यस्ताे ट्याक्सीको परीक्षण गरेका थिए । तर, अनुमति प्राप्त गर्ने बैडु पहिलो कम्पनी बनेको छ ।

बैडुले सन् २०२० देखि चीनका १० सहरमा रोबोट्याक्सी सञ्चालनमा ल्याएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३