टेकपाना
साउन २४, २०७९ १९:१४
काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउने भएको छ ।
यसअन्तर्गत अब प्रयोगकर्ता कुनै पनि ग्रुप च्याटबाट अन्य प्रयोगकर्तालाई थाहै नदिई बाहिरिन सक्छन् ।
कम्पनीले अगस्ट महिनाभित्रै यो फिचर थप गर्ने तयारी गरेको छ ।
साथै अर्को महत्त्वपूर्ण फिचरका रूपमा ह्वाट्सएपमा लास्ट सिन अर्थात् अन्तिम पटक च्याट हेरेको संकेत लुकाउने विकल्प पनि थप हुने भएकाे छ ।
विश्वमा सर्वाधिक प्रयोग हुने मेसेन्जर एप ह्वाट्सएपले प्रयोगकर्ताका लागि पछिल्लो समय नयाँ फिचरहरु ल्याइरहेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३