close

अबको एक महिनाभित्र आईफोन १४ सार्वजनिक हुने !

टेकपाना टेकपाना

साउन २५, २०७९ १०:५५

अबको एक महिनाभित्र आईफोन १४ सार्वजनिक हुने !

काठमाडौं । आईफोन पारखी एप्पलको नयाँ लञ्च इभेन्टको पर्खाइमा छन् । प्राय: हरेक वर्षको सेप्टेम्बर महिनामा आईफोनको नयाँ सिरिज सार्वजनिक गर्दै आएको एप्पलले यस पटक पनि सेप्टेम्बर महिनामै लञ्च इभेन्ट गर्ने चर्चा छ ।

तर कम्पनी स्वयंले भने इभेन्टको मितिबारे यकिन जानकारी दिइसकेको छैन । एप्पलले कार्यक्रम हुनु दुई साता पहिलेमात्र आधिकारिक जानकारी दिने गरेको पाइन्छ ।

तर हालै इन्टरनेटमा फैलिएको एक अफवाह अनुसार यसपटकको आईफोन लञ्च इभेन्ट सेप्टेम्बर ६ मा सार्वजनिक हुनेछ ।

टिप्सटर म्याक्स वेइनबचले सेप्टेम्बर ६ मा आईफोन १४ सार्वजनिक हुने र सेप्टेम्बर १६ देखि विश्व बजारमा बिक्री सुरू हुनसक्ने उल्लेख गरेका छन् ।

उनले यसअघि पनि आईफोन र एप्पलका अन्य उत्पादनसम्बन्धी विभिन्न विवरण लिक गर्दै आएका थिए ।

गत वर्ष सेप्टेम्बर १४ का दिन आईफोन १३ का विभिन्न मोडलको घोषणा भएको थियो ।

यस वर्ष आईफोन १४ मोडलमा आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्स आउने अपेक्षा गरिएको छ । आईफोन १४ र आईफोन १४ म्याक्समा ६.१ इन्चको डिस्प्ले, क्यामेरा सेट फिचर हुने चर्चा छ ।

त्यस्तै एप्पलको नयाँ ‘ए१६ चिप’ अब प्रो मोडलहरूमा मात्र नभई अरु मोडलमा पनि उपलब्ध हुने अनुमान छ ।

ए१५ को तुलनामा ए१६ को सीपीयू ४२ प्रतिशत छिटो हुनेछ भने जीपीयू ३५ प्रतिशतले छिटो काम गर्ने दाबी छ । यसले गर्दा यो चिपसेट भएको फोनले कति फास्ट काम गर्नेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैगरी ब्याट्रीको क्षमता पनि वृद्धि हुने बताइएको छ । बाहिरिएको जानकारी अनुसार आईफोन १४ प्रो को मोडेलहरूको फोन १६ मिनेटमा नै ५० प्रतिशत चार्ज हुने बताइएको छ भने ब्याट्री टिक्ने क्षमता पनि दुई घण्टा बढिले वृद्धि गरिएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३