close

किन र कसरी लाउने जीमेलमा ‘लेबल’ ?

टेकपाना टेकपाना

साउन २५, २०७९ १३:९

किन र कसरी लाउने जीमेलमा ‘लेबल’ ?

काठमाडौं । यदि तपाईँ जीमेल प्रयोग गर्नु हुन्छ भने ‘लेबल’ फिचरको बारेमा थाहा पाउनु भएकै होला । यदि छैन भने पनि ‘लेबल’ भन्ने ‘विकल्प’ त जरुर देखेकै हुनुपर्छ ।

ईमेललाई ‘लेबल’ लगाउनु भनेको के हो ? किन ईमेललाई लेबल गर्न आवश्यक छ ? आज हामी यसै विषयमा बताउँदै छौँ । वास्तवमा ‘लेबल’ भनेको एक किसिमको ‘फोल्डर’ हो । जुन विभिन्न ईमेलहरू व्यवस्थापन गर्न आवश्यक पर्छ ।

कुनै पनि ईमेललाई लेबल गरिसकेपछि त्यसमा एक किसिमको रङ्ग जोडिन्छ । अथवा भनौँ त्यो महत्त्वपूर्ण हो भन्ने संकेत देखिन्छ । तपाईँले अनावश्यक ईमेल डिलिट गर्दा आवश्यक ईमेल पनि त्यही घानमा नपरोस् भन्नका लागि लेबलको प्रयोग गर्न सक्नुहुन्छ ।

कुनकुन ईमेल महत्त्वपूर्ण छन् भन्ने कुरा लेबल फोल्डरमा गएर पनि हेर्न सकिन्छ । यस बाहेक यो फिचरका अरु पनि कारण छन्, जसको बारेमा तल उल्लेख छ ।

ईमेल खोज्न सजिलो

तपाईँले आफूले पठाएका ईमेलहरू ‘सेन्ट’ (Sent) फोल्डरमा देख्न सक्नुहुन्छ । तर, यदि ईमेलमा लेबल लगाउनु भयो भने ती ईमेल ‘लेबल फोल्डर’मा समेत देख्न सक्नु हुनेछ । जसले गर्दा आफूले पठाएका महत्त्वपूर्ण ईमेल खोजेकै बखत भेट्टाउन सकिन्छ ।

सर्च गर्दा पनि सजिलै भेटिने

यदि तपाईँको ‘लेबल फोल्डर’मा धेरै ईमेल छन् भने आवश्यक ईमेललाई ‘लेबल’ गरेको खण्डमा तपाईँले आफूले पठाएका ईमेल सहजै पत्ता लगाउन सक्नुहुन्छ । गुगलको सर्च फिचर प्रयोग गरी त्यस्तो ईमेल कुन फोल्डरमा छ भन्ने कुरा यकिन गर्न सकिन्छ ।

प्रतिक्रिया दिइसकेका ईमेल लेबल गर्नुहोस्

यदि तपाईँले पठाएका ईमेललाई लेबल गर्नुभयो भने त्यसको प्रतिक्रिया स्वरूप प्राप्त ईमेल पनि ‘लेबल फोल्डर’मै रहन्छन् । जसले गर्दा तपाईँले कुराकानी गर्दा माथि उल्लेख गरिएका विभिन्न फाइदा लिन सक्नुहुन्छ ।  

ईमेलमा कसरी लगाउने लेबल ? 

जिमेलमा रहेका ईमेलमा ‘लेबल’ लगाउन ‘लेबल फोल्डर’ बनाउनु पर्ने हुन्छ । त्यसका लागि सबैभन्दा पहिला आफ्नो मोबाइल वा कम्प्युटरको ब्राउजरबाट जिमेल खोल्नुहोस् । 

त्यसपछि बायाँपट्टि रहेको मोर (More) अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसपछि तल ‘लेबल’को अप्सन देखिन्छ ।

त्यहाँ ‘म्यानेज लेबल’ अप्सन देख्न सक्नुहुन्छ । त्यसको तल रहेको ‘क्रियट न्यू लेबल’मा क्लिक गर्नुहोस् ।

त्यसपछि आफूले ‘लेबल’ लगाउन चाहेको ईमेल कुन विषयसँग सम्बन्धित छ, लेबलका लागि उपयुक्त नाम राख्नुहोस् । (उदाहरणका लागि तपाईँ आफूले काम गर्ने कम्पनीको ईमेलमा ‘लेबल’ लगाउन चाहनुहुन्छ भने त्यसमा कम्पनीको नाम राखेर ‘लेबल’ गर्न सक्नुहुन्छ)

-‘प्लिज इन्टर अ न्यू लेबल’ नेममा गएर ‘लेबल’को नाम राख्नुहोस् ।

-त्यसपछि ‘क्रियट’मा क्लिक गर्नुभयो भने लेबल तयार हुन्छ ।

-लेबल तयार गरिसकेपछि तपाईँ आफूले उक्त फोल्डरमा चाहेका ईमेल राख्न सक्नुहुन्छ ।-त्यसका लागि आफूले सो फोल्डरमा राख्न चाहेका ईमेल छान्नुहोस् ।

त्यसलाई ‘राइट क्लिक’ गरेर ‘लेबल एज’मा जानुहोस् । त्यसपछि पहिले बनाएका विभिन्न फोल्डर त्यहाँ देख्न सक्नुहुन्छ ।

-त्यसमा उक्त ईमेल राख्न चाहेको फोल्डर छान्नुहोस् ।

त्यसपछि तल ‘अप्लाई’ गरेर कुनै पनि ईमेललाई आफूले बनाएको फोल्डरमा राख्न सक्नुहुन्छ ।

यसरी फोल्डरमा राखिसकेपछि तपाईँले बायाँपट्टि लेबल अप्सनको तल पहिले बनाएका फोल्डर देख्न सक्नुहुन्छ । जहाँबाट सम्बन्धित सबै ईमेलमा सजिलै पहुँच पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३