close

त्रिविको बीसीएमा भर्ना खुल्याे, कस्तो छ यो कोर्ष ? 

टेकपाना टेकपाना

साउन २५, २०७९ १६:८

त्रिविको बीसीएमा भर्ना खुल्याे, कस्तो छ यो कोर्ष ? 

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०७९ का लागि ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए)मा भर्ना प्रक्रिया सुरू गरेकाे छ ।

त्रिविकाे मानविकी तथा सामाजिक शास्त्र संकाय, डीन कार्यालयले एक सूचना जारी गर्दै लागि बीसीएका लागि प्रवेश परीक्षाकाे फाराम खुलाएकाे हाे ।

याे शैक्षिक कार्यक्रममा भर्ना हुन उच्च मावि तह (कक्षा ११ र १२) मा सबै  विषयमा कम्तीमा ‘डी’ प्लस ग्रेड ल्याएर सीजीपीए २ भन्दा बढी ल्याएकाे हुनुपर्छ । अथवा ‘प्लस टु’, पीसीएल वा अरु कुनै शैक्षिक कार्यक्रममा कम्तीमा दाेस्राे श्रेणी (४५ प्रतिशत) ल्याएकाे हुनुपर्छ ।

कक्षा १२ काे नतिजा कुरिरहेका विद्यार्थीले पनि प्रवेश परिक्षामा भाग लिन पाउनेछन् ।

इच्छुक विद्यार्थीले साउन २४ देखि भदाै २३ सम्म अनलाइनबाट फाराम भर्न सक्नेछन् भने दाेब्बर दस्तुरमा २४ भदाैबाट २९ भदाैसम्म फारम भर्न सक्नेछन् ।

प्रवेश परिक्षा असाेज १२ गते हुने जनाइएकाे छ ।

अनलाइनबाट फारम भर्न यहाँ क्लिक गर्नुहाेस् ।

da5e936eda22966a8568177c88069f69

कस्तो छ यो कोर्ष

यो कार्यक्रम मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत राखिएको छ । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन संकाय नपढेका विद्यार्थीले पनि यस्तो आईटी कार्यक्रम अध्ययन गर्न सक्छन् ।

४ वर्षे यो शैक्षिक कार्यक्रम अध्ययन गरेपछि कम्प्युटर ल्याङ्ग्वेज, कम्प्युटर सिस्टम, एप्लिकेसन तथा सफ्टवेयरकाे क्षेत्रमा काम गर्न सकिन्छ । यो कोर्षले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिस्टम तथा एप्लिकेसनहरुमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग गर्ने बताइएको छ ।

६ वटा क्याम्पसबाट सुरु भएको त्रिविको बीसीए अहिले १२३ क्याम्पसमा अध्यापन भइरहेको छ । हालको क्षमता अनुसार त्रिविमा वर्षमा ४,४१० जना बीसीए उत्पादन हुन्छन् ।

उच्च मावि तह (प्लस टु) सकेका विद्यार्थीका लागि आईटी तथा कम्प्युटिङ क्षेत्रमा काम गर्ने अवसर यस कोर्षले प्रदान गर्नुका साथै यसपछि एमसीए अर्थात् मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसीए), एमएससी आईटीलगायतका कोर्ष अध्ययन गर्ने बाटो खुल्नेछ ।

यो आईटी काेर्ष गरेपछि अन्य कोर्षजस्तै विद्यार्थी आईटी उद्योगसँगै अन्य क्षेत्रका आईटी काम गर्न योग्य हुन्छन् ।

यो कोर्ष गरेपछि कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम म्यानेजर, कम्प्युटर सिस्टम स्पेसलिस्ट, आईटी अफिसर, नेटवर्क एन्ड कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर आदि क्षेत्रमा करिअर बनाउन सकिन्छ ।

यतिमात्रै होइन ग्य्राजुएट्सले इथिकल ह्याकर, वेब डेभलपर, ग्राफिक डिजाइनर, सोसल मिडिया ह्यान्डलर, वेबसाइट डेभलपर, एप्लिकेसन डेभलपर, रिसर्चरलगायतका रुपमा सरकारी, गैरसरकारी तथा आईटी कम्पनीहरुमा काम गर्न सक्छन् ।

सफ्टवेयर इन्जिनियरिङ, डेभलपमेन्ट तथा रिसर्चको क्षेत्रमा भविष्य बनाउन चाहनेका लागि बीसीए एक उत्तम विकल्प हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३