ट्रेन्डिङ:
एप्पलको एपस्टोरमा पनि फैलियो खतरनाक मालवेयर, तुरून्त हटाउनुहोस् यी ७ एप लुम्बिनीमा गुड्न थाले विद्युतीय गाडी, दशैं अवधिभर निःशुल्क यात्रा गर्न सकिने ३५ सयले लिए टेलिकमकाे ई-सिम टाटाको सस्तो विद्युतीय कार 'टाटा टियागो' सार्वजनिक, सिङ्गल चार्जमा २५० किमि गुड्ने गुगल पिक्सेल फोनमा किन सपोर्ट गर्दैन टेलिकमको ई-सिम ? आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! अब प्राधिकरणको बढुवा प्रक्रिया पुरानै अवस्थाबाट अघि बढ्ने, खारेज भयो रिट सुबिसुले सञ्चालनमा ल्यायो नेपालकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर लुम्बिनीमा गुड्न थाले विद्युतीय गाडी, दशैं अवधिभर निःशुल्क यात्रा गर्न सकिने ३५ सयले लिए टेलिकमकाे ई-सिम
close

एप्पलको एपस्टोरमा पनि फैलियो खतरनाक मालवेयर, तुरून्त हटाउनुहोस् यी ७ एप

टेकपाना टेकपाना

साउन २५, २०७९

एप्पलको एपस्टोरमा पनि फैलियो खतरनाक मालवेयर, तुरून्त हटाउनुहोस् यी ७ एप

काठमाडौं । एन्ड्रोइडको तुलनामा आईओएस सुरक्षित मानिन्छ । एपस्टोरमा हुने विभिन्न सुरक्षा चुनौतीलाई समाधान गर्न एप्पलले धेरै फिचर उपलब्ध गराएको पनि छ ।

यद्यपि गत हप्ता म्याक एपस्टोरमा केही मालवेयरयुक्त एप फेला परेका छन्, जसले प्रयोगकर्ताको डिभाइसलाई पनि संक्रमित बनाउनसक्ने जानकारी बाहिरिएको छ ।

साइबर सुरक्षा अनुसन्धानकर्ता एलेक्स क्लेबरले म्याक एपस्टोरमा सात संक्रमित एप फेला परेकाे जानकारी दिएका छन् ।

उनका अनुसार यी सबै एपहरू फरक-फरक पब्लिसरकाे नाममा उपलब्ध भएपनि सबै एप एउटै डेभलपरले बनाएका हुन् । उनले चिनियाँ डेभलपरले एप बनाएकाे दाबीसमेत गरेका छन् ।

हाल एप्पलले यी सबै एपहरूलाई एपस्टोरबाट हटाइसकेको छ । म्याकमा डाउनलोड भएर प्रयोगमा रहेका एप भने प्रयोगकर्ता आफैँले हटाउनुपर्ने हुन्छ ।

संक्रमित एपहरू: 

  • PDF Reader for Adobe PDF Files (Sunnet Technology Inc.)
  • Word Writer Pro (Netozo Limited)
  • Screen Recorder (Safeharbor Technology L Ltd.)
  • Webcam Expert (Wildfire Technology Inc.)
  • Streaming Browser Video Player (Boulevard Technology Ltd.)
  • PDF Editor for Adobe Files (Polarnet Limited)
  • PDF Reader (Xu Lu, apparently associated with Sunnet Technology Inc.)

यी सबै एपहरू अमेरिकामा सबैभन्दा धेरै डाउनलोड भएका १०० ओटा एपअन्तर्गत पर्दछन् । यी एपले इन्क्रिप्टेड डेटाबेस प्रयोग गरेर एप्पलको सुरक्षा घेरालाई तोड्न सफल भएको एलेक्सले बताएका छन् ।

यी एप प्रयोगकर्ताको विवरण चोरी गर्नको लागि प्रयोग भएको उनको भनाइ छ ।