टेकपाना
साउन २५, २०७९ १८:३४
काठमाडौं । डिजिटल वालेट आईएमई पेले आज राति आफ्नो सेवा अवरूद्ध हुनसक्ने जानकारी दिएको छ ।
एक सूचना जारी गर्दै कम्पनीले सिस्टम मर्मतको काम भइरहेकाले राति १० बजेदेखि १२ बजेसम्म सेवा अवरूद्ध हुनसक्ने जानकारी दिएको हो ।
यसबाट ग्राहकमा पर्ने असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३