close

नेपाल आयो ‘रियलमी नार्जो ५०ए प्राइम’, स्ट्यान्डबाई मोडमा राख्दा ३९ दिनसम्म ब्याट्री टिक्ने

टेकपाना टेकपाना

साउन २५, २०७९ १८:५७

नेपाल आयो ‘रियलमी नार्जो ५०ए प्राइम’, स्ट्यान्डबाई मोडमा राख्दा ३९ दिनसम्म ब्याट्री टिक्ने

काठमाडौं । रियलमीको नार्जो सिरिज अन्तर्गत ‘नार्जो ५०ए प्राइम’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ ।

अल्ट्रा-स्लिक डिजाइन भएको यो फोनको तौल १९२.५ ग्राम छ । फोनमा ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामेरा राखिएको छ, जसमा सुपर क्लोज फोकस भएका म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजरसहितको ब्ल्याक एन्ड ह्वाइट लेन्स रहेको छ ।

साथै सेल्फीका लागि मोबाइलमा ८ मेगापिक्सेलको क्यामेरा छ ।

६.६ इन्चको फुल एचडी डिस्प्ले रहेकाे फोन युनिसक टी६१२ प्रोसेसरबाट सञ्चालित छ । यसमा ५००० एमएएच ब्याट्री दिइएकाे छ, जुन स्ट्यान्डबाई मोडमा ३९ दिनसम्म टिक्ने कम्पनीकाे दाबी छ ।

४ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा याे फाेन २१ हजार ७९९ रुपैयाँ किन्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३