close

सामसङले सार्वजनिक गर्‍यो नयाँ फोल्डेबल फोन फोल्ड ४, मूल्य सवा २ लाखभन्दा बढी

टेकपाना टेकपाना

साउन २५, २०७९ १९:५४

सामसङले सार्वजनिक गर्‍यो नयाँ फोल्डेबल फोन फोल्ड ४, मूल्य सवा २ लाखभन्दा बढी

सामसङले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्ड फोर सार्वजनिक गरेको छ । बुधबारको सामसङ ग्यालेक्सी अनप्याक्ड इभेन्ट मार्फत कम्पनीले यो फोन बजारमा उतारेको हो ।

यो फोनको तौल २६३ ग्राम रहेको छ । जब कि ग्यालेक्सी जेड फोल्ड थ्रीको तौल २७१ ग्राम रहेको थियो । यस हिसाबले सामान्य स्मार्टफोन र साना ट्याब्लेटभन्दा यो फोन अझै गह्रुङ्गो नै छ ।

यो फोनमा आईपी एक्स एट वाटर रेसिस्टेन्स रहेको छ । स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट रहेको यो फोनमा १२ जीबी र्‍याम राखिएको छ । स्टोरेजको कुरा गर्ने हो भने २५६ जीबी देखि एक टीबीसम्म उपलब्ध छ । फोल्ड फोरमा ५० मेगापिक्सेलको मुख्य  क्यामेरा, तीन गुणासम्म जुम गर्न सकिने टेलिफोटो क्यामेरा राखिएको छ ।

यस बाहेक ३० गुणा डिजिटल जुम गर्न सकिन्छ । साथै फोनमा एफ/१.८ लेन्स र अप्टिकल स्टेबलाइजेसन समेत रहेको छ । तर ग्यालेक्सी एस २२ अल्ट्रा जत्तिको शक्तिशाली भने यो छैन ।

सामान्य फोन भन्दा यो फोनको डिस्प्ले केही थोरै चौडा लाग्छ । फोन फोल्ड गर्दा अझै पनि बीचमा केही खाली भाग देखिन्छ । सफ्टवेयरमा गरिएका केही अपडेटले फोनमा मल्टी टास्किङको अनुभव सुधार गर्ने अपेक्षा गरिएको छ ।

यो फोनको मूल्य १७९९ अमेरिकी डलर (करिब दुई लाख २९ हजार रुपैयाँ) राखिएको छ । जेड फोल्ड फोरको मुख्य स्क्रिन ६.७ इन्चको रहेको छ । तर त्यसको मजबुती ४५ प्रतिशत बढी रहेको सामसङले जनाएको छ ।

फोनमा बलियो अल्ट्रा-थिन ग्लास प्रयोग गरिएको छ । फोनको दुवै स्क्रिनमा १२० हर्जको एडप्टेबल रिफ्रेश रेट रहेको छ । जुन सामसङको फोल्डेबल केन्द्रित एस पेनलाई समेत सपोर्ट गर्दछ ।

फोल्ड फोरको डिस्प्ले भित्र लुकेको क्यामेरा पहिले भन्दा व्यवस्थित देखिन्छ । जसमा ४ मेगापिक्सेलको सेन्सर रहेको छ ।

विश्व बजारमा आजदेखि फोनको प्रि-अर्डर खुला भएको छ । जुन २६ अगस्टदेखि बजारमा उपलब्ध हुनेछ । ग्यालेक्सी जेड फोल्ड खैरो-हरियो, हलुका खैरो फिक्का कालो रङ्गमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३