close

२५ करोड पुरस्कार राशि भएको पब्जी मोबाइल प्रतियोगिता आजदेखि

टेकपाना टेकपाना

साउन २६, २०७९ ९:११

२५ करोड पुरस्कार राशि भएको पब्जी मोबाइल प्रतियोगिता आजदेखि

काठमाडौं । ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२२’ आजदेखि सुरु हुँदैछ । साउदी अरेबियाकाे रियादमा हुने प्रतियोगितामा पब्जी मोबाइलको फरक-फरक क्षेत्रका पीएमपीएल विजेता र क्षेत्रीय आमन्त्रित टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यो प्रतियोगिता ‘मेन इभेन्ट’ र ‘आफ्टरपार्टी शोडाउन’ दुई चरणमा हुँदैछ ।

२० लाख डलर (२५ करोड रुपैयाँभन्दा बढी) पुरस्कार राशि रहेको ‘मेन इभेन्ट’मा १८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसअन्तर्गत नेपाली टिमले पीएमपीएलमा प्रतिस्पर्धा गरेको दक्षिण एसिया क्षेत्रबाट मङ्गोलियन टिम ‘स्टालवार्ट ई-स्पोर्ट्स’ले खेल्दै छ ।

शनिबारसम्म चल्ने मेन इभेन्टमा हरेक दिन १८ टिमले ६-६ गेम खेल्नेछन् ।

प्रतिस्पर्धाको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल ई-स्पोर्ट्सको युट्युब र फेसबुक च्यानलमा हुनेछ ।

तीन दिनको सबै गेम सकिँदा शीर्ष स्थानमा रहने टोलीले पाँच लाख डलरसहित मेन इभेन्टको उपाधि जित्ने छ ।

उपविजेता र तेस्रो स्थानमा रहन सफल हुने टिमले क्रमशः तीन लाख डलर र एक लाख ६० हजार डलर पाउनेछन् ।

त्यस्तै चौथो र पाँचौ स्थानमा रहने टिमले क्रमशः एक लाख र ७५ हजार डलर पाउनेछन् ।

यसबाहेक प्रतियोगितामा राम्रो गर्ने खेलाडीहरुलाई एमभीपी, मेडिजजस्ता विधामा पनि पुरस्कार दिइने छ ।

यो प्रतियोगितामा शीर्ष ५ भित्र रहन सफल हुने टिमले प्रतियोगिताको अर्को चरण ‘अफ्टरपार्टी शाेडाउन’ (अगस्ट १८ देखि २० सम्म) खेल्न पाउनेछन्, जसमा क्षेत्रीय आमन्त्रित टिमको रुपमा नेपाली ई-स्पोर्टस टिम ‘डेडआइज गाइज’समेत खेल्दैछ ।

आफ्टरपार्टी शोडाउनको कुल पुरस्कार राशि १० लाख डलर (करिब १३ कराेड रूपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३