close

हाईफाई अडियोसहित थप आरामदायी सामसङको नयाँ बड्स प्रो सार्वजनिक, कति छ मूल्य ?

टेकपाना टेकपाना

साउन २६, २०७९ १०:१८

हाईफाई अडियोसहित थप आरामदायी सामसङको नयाँ बड्स प्रो सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी बड्स प्रो टु सार्वजनिक गरेको छ । कम्पनीले बुधबारको ग्यालेक्सी अनप्याक्ड इभेन्टमार्फत ग्यालेक्सी फोल्ड फोर स्मार्टफोन, ग्यालेक्सी वाच फाइभ, ग्यालेक्सी फ्लिप फोर स्मार्टफोनसँगै एयर बड्स समेत ल्याएको हो ।

कम्पनीको भनाइमा यसअघिको बड्स प्रोको तुलनामा बड्स टु प्रो सानो र थप आरामदायी छ । नयाँ मोडेलले यदि तपाईँले सामसङ स्मार्टफोन प्रयोग गर्नु भएको छ भने २४-बिटको अडियो प्ले ब्याक सपोर्ट समेत गर्नेछ । २२९.९९ अमेरिकी डलर मूल्य राखिएको यो नयाँ उत्पादनका लागि बुधबारदेखि नै प्रि-अर्डर खुला गरिएको छ ।

बजारमा भने २६ अगस्टबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसङको एयर बड्स टु प्रो कालो, सेतो र वैजनी गरी तीन रङ्गको विकल्पमा आएको छ । पहिलेको बड्स प्रोको तुलनामा बड्स टु प्रो १५ प्रतिशत सानो छ भने कानसम्म हावाको प्रवाह सहज बनाउन ‘भेन्टिङ ग्रिल’ (भेन्टिलेटर ग्रिल) समेत विस्तार गरिएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी बड्स टु प्रोकाे ९० प्रतिशत भाग पुनः प्रयोग गर्न सकिने सामग्री अर्थात् प्लास्टिकबाट बनेको छ । समग्रमा ग्यालेक्सी बड्स टु प्रोमा २९ ग्राम प्लास्टिक राखिएको छ । जसमा २७ ग्राम पुनः प्रयोगमा ल्याउन सकिने सामग्री छ ।

नयाँ बड्स प्रो सामसङका विभिन्न उपकरणहरूबीच स्वचालित रूपमा स्विच हुन सक्छ । तर यसमा मल्टिप्वाइन्ट सपोर्ट भने छैन । त्यसैले तपाईँले एक समयमा दुई ओटा स्रोतसँग मात्रै जोड्न सक्नुहुन्छ ।

२४-बिट हाई-फाई अडियो प्ले ब्याक रहेको बड्स टु प्रोका लागि तपाईँसँग वन यूआई ४.० वा त्यस पछिका भर्सन भएको स्मार्टफोन र २४-बिट सपोर्ट गर्ने सामसङ नोट भने हुन जरुरी छ । जब कि स्पोर्टीफाईले समेत यसका लागि सपोर्ट उपलब्ध गराएको छैन ।

सामसङले ३६० डिग्री अडियोमा समेत मल्टिच्यानल इमर्सनसहित सुधार ल्याइएको छ । बड्स टु प्रोमा ब्लुटुथ ५.३ र एलई अडिओ-रेडी समेत पाउन सकिन्छ । ब्याट्रीको कुरा गर्ने हो भने ‘एएनसी’ (एक्टिभ नोइज क्यान्सिलेसन) चालु राख्दा पाँच घण्टाको तथा त्यसलाई बन्द गर्दा आठ घण्टासम्मको ‘प्ले ब्याक’ (लगातार सञ्चालनमा रहने) उपलब्ध छ ।

साथै केस अर्थात त्यसको डब्बामा एएनसी सहित २० घण्टा र त्यसलाई बन्द राख्दा ३० घण्टासम्म टिक्ने ब्याट्री ब्याकअप पाइनेछ । पानी तथा पसिना प्रतिरोधका लागि बड्स टु प्रोमा आईपीएक्स सेभेन रेटिङ दिइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३