close

नेपाल टेलिकमको नाममा फैलियो खतरनाक भाइरस, झुक्किएर पनि क्लिक नगर्नुहोस् यस्तो लिंक

टेकपाना टेकपाना

साउन २६, २०७९ १५:४१

नेपाल टेलिकमको नाममा फैलियो खतरनाक भाइरस, झुक्किएर पनि क्लिक नगर्नुहोस् यस्तो लिंक

काठमाडाैं । नेपाल टेलिकमकाे १८‌‌औं वार्षिकाेत्सवकाे अवसरमा विभिन्न उपहारहरु दिने नाममा शेयर भएकाे लिङ्कमा मालवेयर भेटिएकाे छ ।

मेसेन्जर, जीमेल, माेबाइल एसएमएस लगायतका माध्यमबाट आउने यस्ता लिङ्कमा ‘फर्मबुक’ नामकाे खतरनाक मालवेयर भेटिएकाे हाे ।

साइबर सुरक्षा जानकार विजय लिम्बुका अनुसार याे मालवेलयर रूसी साइबर अपराधीहरुद्वारा नेपाली काेर्पोरेट क्षेत्रलाई लक्षित गरिएकाे साइबर आक्रमण हाे । तर, यस लिङ्क क्लिक गर्ने जाे काेही पनि आक्रमणकाे शिकारमा पर्न सक्छन् ।

एक पटक तपाईंले याे लिङ्कमा क्लिक गरेपछि मालवेयरकाे फाइल स्वत: डाउनलाेड भएर सक्रिय हुने बताइएकाे छ । यसले तपाईंकाे डिभाइसकाे वेब ब्राउजरमा भएका क्यास डेटा, स्क्रिनशटहरु र की-स्ट्राेक्सहरु लगायत धेरै प्रकारका डेटा चाेर्नसक्छ ।

सन् २०१६ मा पहिलाे पटक देखिएकाे यस मालवेयरले संसारमा हुने कुल साइबर आक्रमणमा १६ प्रतिशत भूमिका खेल्ने लिम्बु बताउँछन् ।

प्राय: युक्रेन र पूर्वी युराेपमा हुने यस आक्रमण नेपालमा समेत फैलिएकाे छ । यसबाट बच्न यस्ता शंकास्पद लिङ्क क्लिक नगर्नु नै उत्तम उपाय हाे ।

यदि गल्तिवश क्लिक गरिहाल्नुभयाे भने तत्काल आफ्नाे साेसल मिडिया, वित्तीय संस्थालगायतका अनलाइन अकाउन्टकाे पासवर्ड परिवर्तन गरी महत्त्वपूर्ण फाइलहरुकाे  ब्याकअप राखेर डिभाइस रिसेट गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३