close

नेपाल र पाकिस्तानका फ्री फायर टिमबीच भिडन्त हुँदै 

टेकपाना टेकपाना

साउन २६, २०७९ १७:३९

नेपाल र पाकिस्तानका फ्री फायर टिमबीच भिडन्त हुँदै 

काठमाडौँ । गरिना फ्री फायरको आयोजनामा भाेलि शुक्रबारदेखि तीन दिनसम्म ‘फ्री फायर इन्भिटेसनल शोडाउन’ सुरु हुने भएकाे छ ।

प्रतियोगितामा नेपाल र पाकिस्तानका कुल १२ टिमले प्रतिस्पर्धा गर्दैछन्, जसमा ‘फ्री फायर नेपाल च्याम्पियनशिप’बाट आएका ६ टिम र ‘फ्री फायर प्रो लिग पाकिस्तान’बाट आएका ६ टिम छन् ।

यो प्रतियोगिता खेल्ने नेपाली टिमहरुमा ब्रदरहुड, नेपस्टार ई-स्पोर्टस, मुनलाइट ई-स्पोर्टस, हाई भोल्टेज, वी ब्रोज र फ्रिक्री डाइमेन्सन ई-स्पोर्ट्स रहेका छन् ।

त्यस्तै पाकिस्तानी टिममा हाउस अफ ब्लड, टिम एक्स स्पार्क, हट सट, फाइभ म्युट्यान्ट, डेमोन्स प्राइड र आरजीए अफिसियल रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन अर्थात् भाेलि टिमहरुले क्ल्याश स्क्वाड (clash squad) मोडमा प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो दिन ब्याटल केज मोडमा गेम खेलाइने छ, जसमा हरेक टिमबाट दुई जना खेलाडी खेल्नेछन् ।

प्रतियोगिताको अन्तिम दिन आइतबार फ्री फायरको ब्याटल रोयल मोडमा गेम खेलाइने छ ।

यो प्रतियोगितामा कुल पुरस्कार राशि ६ हजार डलर राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३