close

‘नमस्ते पे’ मार्फत टेलिकमको डेटा तथा भ्वाइस प्याक लिँदा तुरून्त ३३ प्रतिशत क्याशब्याक पाइने

टेकपाना टेकपाना

साउन २६, २०७९ १७:२१

‘नमस्ते पे’ मार्फत टेलिकमको डेटा तथा भ्वाइस प्याक लिँदा तुरून्त ३३ प्रतिशत क्याशब्याक पाइने

काठमाडौं । मोबाइल वालेट नमस्ते पेले जनैपूर्णिमा (रक्षाबन्धन)लाई लक्षित गर्दै भोलि शुक्रबार नेपाल टेलिकमको डेटा तथा भ्वाइस प्याक खरिदमा ३३ प्रतिशत क्यासब्याक दिने भएको छ ।

कम्पनीले वालेटमार्फत टेलिकमको प्याक खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

त्यसका लागि नमस्ते पेमार्फत नेपाल टेलिकमको प्याक खरिद गर्दा प्रोमो कोडमा ‘HAPPYRAKHI’ राख्नुपर्ने हुन्छ ।

यसरी प्रोमो कोड प्रयोग गरी प्याक खरिद गर्दा प्रयोगकर्ताले प्याक खरिद गर्दा लाग्ने मूल्यकाे ३३ प्रतिशत रकम वालेटमै फिर्ता पाउनेछन् ।

कम्पनीका अनुसार यो सेवा आज राति १२ बजेबाट सुरु भएर भोलि राति १२ बजेसम्म चल्नेछ ।

यो अवधिमा सबै प्रयोगकर्ताले भ्वाइस तथा डेटा प्याक खरिदमा यो योजनाको फाइदा लिनसक्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३