close

महिलाको नग्न फोटो र भिडिओ लिएर मेसेन्जरमा ब्ल्याकमेल गर्ने युवक पक्राउ

टेकपाना टेकपाना

साउन २६, २०७९ १८:५४

महिलाको नग्न फोटो र भिडिओ लिएर मेसेन्जरमा ब्ल्याकमेल गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रोफाइलमार्फत महिलाको नग्न तस्वीर लिई ब्ल्याकमेल गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमन राजथला रहेका छन् ।

फेसबुकमा आरोपित राजथलाले फेक अकाउन्ट बनाई पीडित महिलालाई ‘एड’ गरेका थिए । मेसेन्जर च्याटमा उनले अश्लीलता प्रदर्शन गरी सो संवादको स्क्रिनशट लिएका थिए ।

त्यसपछि उक्त स्क्रिनशटलाई आधार बनाई महिलालाई पनि अश्लीलता प्रदर्शन गर्न बाध्य पारे ।

सो अश्लील सामग्रीको भिडिओ र फोटो लिएका राजथलाले महिलालाई ब्ल्याकमेल गर्न सुरु गरे । उनले उक्त भिडिओ सामाजिक सञ्जालमा अपलाेड गर्ने धम्की दिँदै आर्थिक लाभ लिन थाले ।

‘अश्लील भिडिओको आडमा युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिएकाे पाइएकाे छ,’ टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले भने, ‘उनले पीडित महिलाबाट आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातना दिएका थिए ।’

राजथलालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेकाे उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३