close

आमिर खान अभिनित ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक !

टेकपाना टेकपाना

साउन २६, २०७९ १९:२१

आमिर खान अभिनित ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक !

काठमाडाैं । आमिर खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘लाल सिंह चड्डा’ अनलाइनमा लिक भएकाे छ ।

रक्षाबन्धनको अवसरमा आज बिहीबारदेखि सिने घरहरुमा रिलिज भएको याे चलचित्र विभिन्न टाेरेन्ट साइटमा लिक भएकाे हाे ।

हलहरुमा रिलिज भएकै दिन अनलाइनमा लिक भएकाे याे पहिलाे चलचित्र भने हाेइन । यसबाहेक केजीएफ च्याप्टर टु, आरआरआर, भुलभुलैया टु लगायतका चर्चित चलचित्रहरु पनि रिलिज भएकै दिन टाेरेन्ट साइटमा लिक भएका थिए ।

अद्वैत चन्दनद्वारा निर्देशित ‘लाल सिंह चड्डा’ टम ह्याङ्क अभिनित ‘फाेरेस्ट गम्प’ को भारतीय रूपान्तरण हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३