close

अन्तरिक्षमा किन आईप्याड पठाउँदै छ नासा ?

टेकपाना टेकपाना

साउन २६, २०७९ २२:४०

अन्तरिक्षमा किन आईप्याड पठाउँदै छ नासा ?

काठमाडौं । अन्तरिक्ष संस्था नासाले आफ्नाे नयाँ अन्तरिक्ष मिसनमा आईप्याड पनि पठाउने भएको छ । नासाले ‘आर्टेमिस वान मुन मिसन’ अन्तर्गत ओरियन (Orion Spacecraft) स्पेसक्राफ्टमा आईप्याड पनि सँगै पठाउन लागेकाे हाे ।

अन्तरिक्षमा अमेजनको भ्वाइस असिस्टेन्ट ‘एलेक्सा’ र सिस्कोको भिडिओ कन्फेरेन्सिङ सफ्टवेयर ‘वेबेक्स’ परीक्षण गर्न एप्पलकाे याे उत्पादन पठाउन लागिएको जनाइएकाे छ ।

नासाले उक्त यान अगस्ट २९ मा प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । खबरअनुसार यानमा एउटा आईप्याड समावेश हुनेछ, जसले वेबेक्सलाई सिस्को भिडिओ कन्फरेन्सिङ सफ्टवेयरका माध्यमबाट परीक्षण गर्नेछ ।

परीक्षणको चरणमा सो सफ्टवेयरले जोनसनस्थित मिसन कन्ट्रोल सेन्टरबाट आएको अडियाे तथा भिडिओ प्रसारण गर्ने बताइएकाे छ ।

त्यस्तै अमेजनको भर्चुअल असिस्टेन्ट एलेक्साबाट प्रसारण गरिएको अडियाेलाई पनि ओरियनमा परीक्षण गरिने छ ।

अन्तरिक्षमा यात्रा गर्दा ओरियनमा एलेक्सालाई पृथ्वीमा रहेको क्लाउड प्रयोग गर्न लामो समय लगाउनसक्ने अनुमान गरिएकाे छ ।

त्यसैले भ्वाइस एक्टिभेट गरिएकाे भर्चुअल असिस्टेन्ट ‘क्यालिस्टो’ले अन्तरिक्ष यानबाहिर सम्पर्क गर्न नासाको डिप स्पेस नेटवर्क र लोकल डेटाबेस प्रयोग गर्नेछ ।

नासाले मुन मिसनका लागि पठाउन लागेको यो ट्याब्लेट नै मुन मिसनमा सहभागी हुने पहिलो आईप्याड बन्नेछ ।

यस ट्याब्लेटले अन्तरिक्षयात्री जसरी एलेक्सासँग बोल्न वेबेक्स प्रयोग गर्नेछ ।

सिनेट मिडियाले जनवरीमा तयार पारेको रिपोर्टमा पनि नासाले एलेक्सा र वेबेक्स परीक्षणको योजना बनाइरहेको उल्लेख थियो ।यसको मुख्य आइडिया भनेको जोनसन स्पेस सेन्टरमा भर्चुअल चालक दलसँग सफ्टवेयर सोलुसनलाई परीक्षण गर्नु थियो ।

पृथ्वीमा भएका भर्चुअल चालक दलले आईप्याडमा भएको भिडिओका माध्यमबाट एआई असिस्टेन्टले पठाएका कमान्डसँग सम्पर्क गर्ने प्रयास गर्नेछन् ।

त्यसपछि उक्त कमान्ड नासाको डिप स्पेस नेटवर्कमा पठाइनेछ, जसमा अन्तरिक्ष अभियानका क्रममा सम्पर्कका लागि प्रयोग हुने विशाल रेडियो एन्टेनाहरू समावेश छन् ।

वेबेक्सले ग्राउण्ड कन्ट्रोलमा रहेका अन्य चालक दल र पृथ्वीमा फर्केका व्यक्तिलाई भिडिओ कन्फरेन्सिङमा सघाउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३