close

नेपालमा पहिलो पटक विद्युतीय गाडीको बृहत् प्रदर्शनी हुँदै

टेकपाना टेकपाना

साउन २७, २०७९ ९:२१

नेपालमा पहिलो पटक विद्युतीय गाडीको बृहत् प्रदर्शनी हुँदै

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले नेपालमै पहिलो पटक विद्युतीय सवारी साधन (ईभी) को ‘एक्स्पो’ (बृहत् प्रदर्शनी) आयोजना गर्ने भएको छ । नाडाले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंमा विद्युतीय गाडीको प्रदर्शनी आयोजना गर्न लागेको हो । 

प्रदर्शनीमा दुई पाङ्ग्रे सवारी साधन, चार पाङ्ग्रे सवारी साधन, गाडीमा लाग्ने विभिन्न सरसामान, सवारी साधनका पार्टपुर्जा लगायत राखिने आयोजकले जनाएको छ । पछिल्लो समय इन्धनमा चर्को मूल्य वृद्धि हुँदै गएपछि विश्व बजारमा विद्युतीय सवारी साधनप्रति उच्च आकर्षण देखिएको छ ।

सोही विषयलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन मात्रको प्रदर्शनी गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । यातायात क्षेत्रलाई वातावरण मैत्री बनाउनका लागि वन तथा वातावरण मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँग सहकार्य भई रहेको उनले बताए ।

नाडाले बिहीबार जारी गरेको सूचना अनुसार ईभी एक्स्पोका लागि आगामी भदौ १ देखि ५ गतेसम्म स्टल बुकिङ गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३