close

दश करोड डाउनलोड पूरा गर्ने पहिलो नेपाली एप बन्यो कलब्रेक

टेकपाना टेकपाना

साउन २७, २०७९ १०:४१

दश करोड डाउनलोड पूरा गर्ने पहिलो नेपाली एप बन्यो कलब्रेक

काठमाडौं । कलब्रेक नामक गेमिङ एप १० करोड डाउनलोड पूरा गर्ने पहिलो नेपाली एप बनेको छ । टेस्लाटेकले तयार पारेको यो मोबाइल एपले बिहीबार गुगल प्ले स्टोरमा उक्त आँकडा पार गरेको हो ।

सुजन शाक्यले तयार पारेको यो गेमको पहिलो भर्सन २ नोभेम्बर २०१४ मा सार्वजनिक भएको थियो । परम्परागत रुपमा खेलिने तासको लोकप्रिय खेल कलब्रेकलाई नै एपको रूपमा विकसित गरी यो ‘मल्टी प्लेयर’ (एकभन्दा बढीले खेल्न मिल्ने) गेमिङ एप तयार पारिएको हो ।

कलब्रेक एप बनेको पाँच महिनापछि अर्थात् १३ अप्रिल २०१५ मा टेस्ला टेक नामक कम्पनी अस्तित्वमा आएको थियो । यो एपले १ मार्च २०१७ मा नै ५० लाख डाउनलोड पूरा गरेको थियो ।

भने सोही वर्षको १५ सेप्टेम्बर २०१७ मा एक करोड डाउनलोडको आँकडा पार गरेको थियो । सन् २०१९ मा कलब्रेक एपको डाउनलोड करोड पुगेपछि टेस्ला टेकले शब्दपहेली नामक अर्को गेमिङ एप ल्याएको थियो । 

यो भने ‘वर्ड पजल’ गेम हो । कम्पनीले आयकरको हिसाब गर्न सकिने ट्याक्स क्याल्कुलेटर मोबाइल एप, विद्यार्थीको प्रवेश परीक्षाको तयारीका लागि हाम्रो इन्ट्रान्स वेब एप समेत बनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३