close

कम्प्युटरमा छरितोसँग काम गर्न यसरी बनाउनुहोस् ट्याबकाे छुट्टाछुट्टै ग्रुप

टेकपाना टेकपाना

साउन २७, २०७९ १३:४८

कम्प्युटरमा छरितोसँग काम गर्न यसरी बनाउनुहोस् ट्याबकाे छुट्टाछुट्टै ग्रुप

काठमाडाैं  । गुगल क्राेम एक लोकप्रिय वेब ब्राउजर हाे । यसकाे सहयोगमा हामी इन्टरनेटमा अनेक सामग्री उपभोग गरिरहेका हुन्छौँ । त्यसक्रममा ब्राउजरमा अनेकौँ ट्याबहरूको थुप्रो लाग्छ । यसरी धेरै ट्याबहरू हुँदा काम गर्न अप्ठ्याराे हुन्छ । तर यस्तोमा ट्याबकाे ‘ग्रुप’ अर्थात समूह बनाएर काम गर्ने हो भने सहज हुन्छ । आज हामी तपाईँलाई ल्यापटप वा डेस्कटपमा गुगल क्राेम प्रयोग गर्दा ट्याबहरूलाई कसरी व्यवस्थित  गर्ने भन्ने विषयमा बताउँदै छौँ । 

  • सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा गुगल क्राेम खोल्नुहोस् ।

  • त्यसपछि ‘ट्याब’ माथि माउसको कर्सर लगेर ‘राइट क्लिक’ गर्नुहाेस् ।
  • अब त्यहाँ देखिएको ‘एड ट्याब टु न्यु ग्रुप’ मा क्लिक गर्नुहाेस् ।
  • ग्रुपकाे नाम राख्नुहाेस् र सजिलाेको लागि कुनै रङ्ग छान्नु हाेस् । यहाँ हामीले ‘ग्रुप’को नाम ‘Social Media’ राखेर निलो रङ्ग छानेका छाैँ । 
  • त्यही ‘ग्रुप’मा नयाँ ट्याब थप्न नयाँ ‘ट्याब’ खाेल्नुहाेस् । त्याे ट्याबमा पनि ‘राइट क्लिक’ गर्नुहाेस् र ‘एड ट्याब टु ग्रुप’ मा क्लिक गर्नुहाेस् । त्यहाँ तपाईँले पहिले नै बनाएकाे ग्रुपकाे नाम र रङ्ग देखिन्छ । अब त्यहाँ  क्लिक गरेपछि नयाँ ट्याब पहिलेकाे ग्रुपमा थपिन्छ । 
  • धेरै ग्रुपहरू बनाउँदा रङ्गका कारण कुन ट्याब कुन ग्रुपकाे हाे भनेर छुट्टाउन सजिलो हुन्छ । जस्तै: यहाँ तल फेसबुक, इन्स्टाग्राम र लिङ्कडिनलाई  निलाे रङ्गले साेसल मिडिया ग्रुपका हुन् भनेर जनाइरहेको छ भने टेकपाना, ईकान्तिपुर र ईकागजलाई राताे रङ्गले यी न्युज मिडिया हुन् भनेर बुझाइ रहेकाे छ ।

यसरी नै तपाईँले ल्यापटप वा डेस्कटपमा ट्याबहरूका विभिन्न ‘ग्रुप’ बनाउन सक्नु हुनेछ । याे फिचर माेबाइल फाेनमा पनि उपलब्ध छ । माेबाइल फाेनमा पनि ट्याबहरूकाे ‘ग्रुप’ बनाउन चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३