close

थपियो ड्राइभिङ लाइसेन्स आवेदनको दैनिक कोटा

टेकपाना टेकपाना

साउन २७, २०७९ १६:३६

थपियो ड्राइभिङ लाइसेन्स आवेदनको दैनिक कोटा

काठमाडौं । बागमती प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश अन्तर्गतका यातायात कार्यालयहरूमा काम गर्ने समय बृद्धि गरि आज बेलुकाबाट आवेदन कोटाको संख्या बढाएकाे छ ।  यो सँगै हाल लिइरहेको आवेदन भन्दा बढि सेवाग्राहीले लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् ।

मन्त्रालयका अनुसार आज दिउँसो ४:३० बजेबाट लागू हुने गरी मन्त्रालय मातहतको कार्यालयबाट तोकिएका दिनहरूमा आवेदन दिन सकिने संख्या बढाइएको हो । केहि कार्यालयमा भने क्षमताको आधारमा कोटा घटाइ अन्य कार्यालयमा थप गरिएको छ ।

मन्त्रालयले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, ललितपुर बाहेक अन्य सबै कार्यालयमा कोटा थप गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनामा ४७५ बाट ४२५ आवेदन संख्या पुर्‍याइएको छ ।

त्यसैगरी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठुलोभर्‍याङ, काठमाडौंमा आवेदन दिन सकिने संख्याको कोटा ४७० बाट ८००, भक्तपुरको राधेराधेको कार्यालयबाट आवेदन दिन सकिने संख्याको कोटा ६९५ बाट बढाएर ९५० पुर्‍याइएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चावहिलबाट दिइने आवेदनको संख्या ६७० बाट ८०० र हैटौंडा मकवानपुरको यातायात कार्यालयबाट दिन सकिने आवेदनको संख्या ३५० बाट ७०० पुर्‍याइएको छ ।

स्मार्ट लाइसेन्सको आवेदन दिने सेवाग्राहीको चाप अत्याधिक बढेपछि आवेदनको कोटा बढाइएको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३