ट्रेन्डिङ:
थपियो ड्राइभिङ लाइसेन्स आवेदनको दैनिक कोटा कतै तपाईँले प्रयोग गर्ने वेबसाइट असुरक्षित त छैन ? यसरी थाहा पाउनुहोस् यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण टुजी र थ्रीजी सेवा बन्द गर्ने दक्षिण अफ्रिकाको घोषणा यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? प्रविधिलाई पछ्याउन नसक्दा यसरी पतन भयो ब्ल्याकबेरी स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका गुगल फोटोजका आकर्षक फिचरहरु
close

थपियो ड्राइभिङ लाइसेन्स आवेदनको दैनिक कोटा

टेकपाना टेकपाना

साउन २७, २०७९

थपियो ड्राइभिङ लाइसेन्स आवेदनको दैनिक कोटा

काठमाडौं । बागमती प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश अन्तर्गतका यातायात कार्यालयहरूमा काम गर्ने समय बृद्धि गरि आज बेलुकाबाट आवेदन कोटाको संख्या बढाएकाे छ ।  यो सँगै हाल लिइरहेको आवेदन भन्दा बढि सेवाग्राहीले लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् ।

मन्त्रालयका अनुसार आज दिउँसो ४:३० बजेबाट लागू हुने गरी मन्त्रालय मातहतको कार्यालयबाट तोकिएका दिनहरूमा आवेदन दिन सकिने संख्या बढाइएको हो । केहि कार्यालयमा भने क्षमताको आधारमा कोटा घटाइ अन्य कार्यालयमा थप गरिएको छ ।

मन्त्रालयले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, ललितपुर बाहेक अन्य सबै कार्यालयमा कोटा थप गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनामा ४७५ बाट ४२५ आवेदन संख्या पुर्‍याइएको छ ।

त्यसैगरी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठुलोभर्‍याङ, काठमाडौंमा आवेदन दिन सकिने संख्याको कोटा ४७० बाट ८००, भक्तपुरको राधेराधेको कार्यालयबाट आवेदन दिन सकिने संख्याको कोटा ६९५ बाट बढाएर ९५० पुर्‍याइएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चावहिलबाट दिइने आवेदनको संख्या ६७० बाट ८०० र हैटौंडा मकवानपुरको यातायात कार्यालयबाट दिन सकिने आवेदनको संख्या ३५० बाट ७०० पुर्‍याइएको छ ।

स्मार्ट लाइसेन्सको आवेदन दिने सेवाग्राहीको चाप अत्याधिक बढेपछि आवेदनको कोटा बढाइएको मन्त्रालयले जनाएकाे छ ।