close

साओमी, रेड्मी र पोको फोनमा यसरी हटाउनुहोस् क्यामेराको वाटरमार्क

टेकपाना टेकपाना

साउन २८, २०७९ ९:४२

साओमी, रेड्मी र पोको फोनमा यसरी हटाउनुहोस् क्यामेराको वाटरमार्क

काठमाडौं । पहिले क्यामेराबाट फोटो खिच्नेहरूले आफ्नो प्रचारका लागि फोटोमा आफ्नो नाम राख्ने गर्थे । जसले गर्दा फोटो कसले खिचेको, उसलाई कसरी सम्पर्क गर्ने भन्ने कुराको जानकारी पाउन सकिन्थ्यो ।

अहिले यस्ताे प्रचलन वाटरमार्कका रूपमा देखिन थालेको छ । पछिल्लो पटक नयाँ फोनबाट खिचिएका फोटोमा वाटरमार्क प्रस्ट देखिएको हुन्छ ।

सो वाटरमार्कमा कुन माेडलकाे फोनबाट फाेटाे खिचेको हो भन्ने कुरा समावेश हुन्छ, जसले गर्दा फोनको प्रचार हुन्छ ।

कहिलेकाहिँ आफूसँग यो फोन छ भन्ने हेतुले पनि वाटरमार्क उपयुक्त नै हुन्छ । तर, सबै अवस्थामा यही कुरा लागू हुन्छ भन्ने हुँदैन ।

किनभने कहिलेकाहिँ हामीलाई फोनको क्यामेराबाट महत्त्वपूर्ण कागजातको फोटो खिच्नुपर्ने हुन्छ । यदि उक्त डकुमेन्टमा वाटरमार्क देखियो भने त्यसलाई राम्रो मानिँदैन । त्यसैले वाटरमार्क हटाउन आवश्यक पर्छ ।

आज हामी साओमी कम्पनीका फोनहरूमा वाटरमार्क कसरी हटाउने भन्ने कुराको जानकारी दिन्छौं ।

साओमीले आफ्नो प्रचारका लागि यो फिचर भर्सन ७ पछि डिफल्ट रूपमा नै इनेबल गरेको पाइन्छ । कम्पनीले आफ्ना मातहतका साओमी (मि), रेड्मी, पोको फाेनमा यो फिचर उपलब्ध गराउँदै आएको छ ।

यी फोनमा क्यामेरा वाटरमार्क डिसेबल अर्थात् हटाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले क्यामेरा एप खोल्नुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि देखाएको तीन ओटा लाइनमा थिच्नुहोस् ।

-त्यसपछि सेटिङको अप्सन छान्नुहोस् ।

-अब वाटरमार्कको अप्सन खोज्नुहोस् ।

-त्यहाँ भएका एड टाइम स्ट्याम्प अन फोटोज, डिभाइस वाटरमार्क डिसेबल गर्न सक्नुहुन्छ ।

वाटरमार्क राख्ने तरिका

-सबैभन्दा पहिले क्यामेरा एपमा जानुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा थिच्नुहोस् ।

-त्यसपछि सेटिङमा जानुहोस् ।

-त्यहाँ गएर वाटरमार्कको अप्सन खोज्नुहोस् ।

त्यसपछि ‘एड टाइम स्ट्याम्प अन फोटोज’ र ‘डिभाइस वाटरमार्क’लाई इनेबल गरेर कस्टुम वाटरमार्कमा आफ्नो नाम राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३