ट्रेन्डिङ:
साओमी, रेड्मी र पोको फोनमा यसरी हटाउनुहोस् क्यामेराको वाटरमार्क बन्द हुँदै गुगलको क्लाउड गेमिङ सर्भिस 'स्टाडिया' सुरक्षाका लागि यसकारण उत्कृष्ट छ सिग्नल इन्क्रिप्सन प्रोटोकल अन्ततः घरघरमा जोडिने भए स्मार्ट मिटर, विद्युत प्राधिकरणलाई फ्रिक्वेन्सी दिने सरकारको निर्णय जूमको विकल्पमा फेसबूकको भिडियो च्याट रूम, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरबाट समेत प्रयोग गर्न सकिने मानवसेवा आश्रमलाई वर्ल्डलि‌ंकले दियो ११ लाख बराबरको न्यानो लुगा ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत शिक्षकको फाँटबारी पठाउने व्यवस्था अनलाइनबाट
close

साओमी, रेड्मी र पोको फोनमा यसरी हटाउनुहोस् क्यामेराको वाटरमार्क

टेकपाना टेकपाना

साउन २८, २०७९

साओमी, रेड्मी र पोको फोनमा यसरी हटाउनुहोस् क्यामेराको वाटरमार्क

काठमाडौं । पहिले क्यामेराबाट फोटो खिच्नेहरूले आफ्नो प्रचारका लागि फोटोमा आफ्नो नाम राख्ने गर्थे । जसले गर्दा फोटो कसले खिचेको, उसलाई कसरी सम्पर्क गर्ने भन्ने कुराको जानकारी पाउन सकिन्थ्यो ।

अहिले यस्ताे प्रचलन वाटरमार्कका रूपमा देखिन थालेको छ । पछिल्लो पटक नयाँ फोनबाट खिचिएका फोटोमा वाटरमार्क प्रस्ट देखिएको हुन्छ ।

सो वाटरमार्कमा कुन माेडलकाे फोनबाट फाेटाे खिचेको हो भन्ने कुरा समावेश हुन्छ, जसले गर्दा फोनको प्रचार हुन्छ ।

कहिलेकाहिँ आफूसँग यो फोन छ भन्ने हेतुले पनि वाटरमार्क उपयुक्त नै हुन्छ । तर, सबै अवस्थामा यही कुरा लागू हुन्छ भन्ने हुँदैन ।

किनभने कहिलेकाहिँ हामीलाई फोनको क्यामेराबाट महत्त्वपूर्ण कागजातको फोटो खिच्नुपर्ने हुन्छ । यदि उक्त डकुमेन्टमा वाटरमार्क देखियो भने त्यसलाई राम्रो मानिँदैन । त्यसैले वाटरमार्क हटाउन आवश्यक पर्छ ।

आज हामी साओमी कम्पनीका फोनहरूमा वाटरमार्क कसरी हटाउने भन्ने कुराको जानकारी दिन्छौं ।

साओमीले आफ्नो प्रचारका लागि यो फिचर भर्सन ७ पछि डिफल्ट रूपमा नै इनेबल गरेको पाइन्छ । कम्पनीले आफ्ना मातहतका साओमी (मि), रेड्मी, पोको फाेनमा यो फिचर उपलब्ध गराउँदै आएको छ ।

यी फोनमा क्यामेरा वाटरमार्क डिसेबल अर्थात् हटाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले क्यामेरा एप खोल्नुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि देखाएको तीन ओटा लाइनमा थिच्नुहोस् ।

-त्यसपछि सेटिङको अप्सन छान्नुहोस् ।

-अब वाटरमार्कको अप्सन खोज्नुहोस् ।

-त्यहाँ भएका एड टाइम स्ट्याम्प अन फोटोज, डिभाइस वाटरमार्क डिसेबल गर्न सक्नुहुन्छ ।

वाटरमार्क राख्ने तरिका

-सबैभन्दा पहिले क्यामेरा एपमा जानुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा थिच्नुहोस् ।

-त्यसपछि सेटिङमा जानुहोस् ।

-त्यहाँ गएर वाटरमार्कको अप्सन खोज्नुहोस् ।

त्यसपछि ‘एड टाइम स्ट्याम्प अन फोटोज’ र ‘डिभाइस वाटरमार्क’लाई इनेबल गरेर कस्टुम वाटरमार्कमा आफ्नो नाम राख्न सक्नुहुन्छ ।