close

२५ डलरको उपकरणबाट एलन मस्कको स्टारलिंक ह्याक !

टेकपाना टेकपाना

साउन २८, २०७९ १७:१२

२५ डलरको उपकरणबाट एलन मस्कको स्टारलिंक ह्याक !

काठमाडौं । एक साइबर सुरक्षा अनुसन्धानकर्मीले २५ डलरको उपकरणबाट एलन मस्कको इन्टरनेट कम्पनी स्टालिंकको प्रणाली ह्याक गरेका छन् ।

स्टारलिंकको इन्टरनेट टर्मिनलहरूमा भएका केही कमजोरीहरू पत्ता लागेपछि कम्पनीलाई चेतावनी दिन बेल्जियमका अनुसन्धानकर्मी लिनर्ट वाउटर्सले टर्मिनल ह्याक गरेका हुन् ।

अमेरिकाको लस भेगसमा हालै भएकाे एक ब्ल्याक ह्याट सुरक्षा सम्मेलनमा उनी स्पेसएक्सको स्याटलाइट डिश ह्याक गर्न सफल भएका हुन् ।

उक्त सम्मेलनमा उनले स्टारलिंकको हार्डवेयरमा भएका कमजोरी पत्ता लगाई स्याटलाइट टर्मिनलमा पहुँच बनाएका थिए ।

यसपछि सो टर्मिनलमा उनले आफ्नै कस्टम कोड पनि सिर्जना गर्न सफल भएका थिए ।

हालसम्म स्पेसएक्सले ३,००९ स्याटलाइट पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गर्न सफल भइसकेको छ ।

विश्वका अति विकट स्थानमा पनि इन्टरनेटको पहुँच पुर्‍याउने उद्देश्यसहित कम्पनीले स्टारलिंकको सुरुवात गरेको हो ।

ग्राहकले आफ्नो घरमा इन्टरनेट जोड्न वा सडकमा प्रयोग गर्नको लागि कम्पनीले १९ इन्च चौडाइ भएको डिश म्याकफ्ल्याटफेस उपलब्ध गराउने गर्छ ।

सोही डिशलाई सञ्चालन गर्ने सफ्टवेयरलाई वाउटर्सले मोडचिप प्रयोग गरेर ह्याक गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३