ट्रेन्डिङ:
२५ डलरको उपकरणबाट एलन मस्कको स्टारलिंक ह्याक ! फायरफक्स ब्राउजरमै पासवर्ड म्यानेजर, यसरी जोगाउनुहोस् आफ्नो गोपनीयता यसरी पत्ता लगाउनुहाेस् आफ्नो मोबाइलको आईएमईआई नम्बर विद्युतीय गाडी किन्ने विचारमा हुनुहुन्छ ? ध्यान दिनुहोस् यी महत्वपूर्ण कुरा बन्द भयो ग्लोबल आईएमईको १० वर्ष पुरानो मोबाइल बैंकिङ एप, नयाँ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न आग्रह भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने  ह्वावे मेट ५० सिरिज अब विश्व बजारमा आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! कोडिङमा रूचि राख्नेहरूका लागि भरतपुरमा राष्ट्रिय स्तरको ह्याकाथन हुँदै यस्तो छ टेलिकम कम्पनीको दशैं अफर
close

२५ डलरको उपकरणबाट एलन मस्कको स्टारलिंक ह्याक !

टेकपाना टेकपाना

साउन २८, २०७९

२५ डलरको उपकरणबाट एलन मस्कको स्टारलिंक ह्याक !

काठमाडौं । एक साइबर सुरक्षा अनुसन्धानकर्मीले २५ डलरको उपकरणबाट एलन मस्कको इन्टरनेट कम्पनी स्टालिंकको प्रणाली ह्याक गरेका छन् ।

स्टारलिंकको इन्टरनेट टर्मिनलहरूमा भएका केही कमजोरीहरू पत्ता लागेपछि कम्पनीलाई चेतावनी दिन बेल्जियमका अनुसन्धानकर्मी लिनर्ट वाउटर्सले टर्मिनल ह्याक गरेका हुन् ।

अमेरिकाको लस भेगसमा हालै भएकाे एक ब्ल्याक ह्याट सुरक्षा सम्मेलनमा उनी स्पेसएक्सको स्याटलाइट डिश ह्याक गर्न सफल भएका हुन् ।

उक्त सम्मेलनमा उनले स्टारलिंकको हार्डवेयरमा भएका कमजोरी पत्ता लगाई स्याटलाइट टर्मिनलमा पहुँच बनाएका थिए ।

यसपछि सो टर्मिनलमा उनले आफ्नै कस्टम कोड पनि सिर्जना गर्न सफल भएका थिए ।

हालसम्म स्पेसएक्सले ३,००९ स्याटलाइट पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गर्न सफल भइसकेको छ ।

विश्वका अति विकट स्थानमा पनि इन्टरनेटको पहुँच पुर्‍याउने उद्देश्यसहित कम्पनीले स्टारलिंकको सुरुवात गरेको हो ।

ग्राहकले आफ्नो घरमा इन्टरनेट जोड्न वा सडकमा प्रयोग गर्नको लागि कम्पनीले १९ इन्च चौडाइ भएको डिश म्याकफ्ल्याटफेस उपलब्ध गराउने गर्छ ।

सोही डिशलाई सञ्चालन गर्ने सफ्टवेयरलाई वाउटर्सले मोडचिप प्रयोग गरेर ह्याक गरेका हुन् ।