close

र्‍यानसमवेयर गिरोहबारे जानकारी दिनेलाई अमेरिकाले १ करोड डलर पुरस्कार दिने

टेकपाना टेकपाना

साउन २८, २०७९ २०:१७

र्‍यानसमवेयर गिरोहबारे जानकारी दिनेलाई अमेरिकाले १ करोड डलर पुरस्कार दिने

काठमाडौं । अमेरिकी सरकारले रुस-समर्थित कन्टी र्‍यानसमवेयर गिरोहका सदस्यसम्बन्धी जानकारी दिने व्यक्तिलाई एक कराेड डलर (एक अर्ब २७ कराेड रूपैयाँभन्दा बढी) पुरस्कार दिने घाेषणा गरेकाे छ ।

सरकारले हालै उक्त गिरोहका एक सदस्यको तस्वीर सार्वजनिक गर्दै ठूलाे परिमाणमा पुरस्कार दिने घोषणा गरेको हो ।

कन्टी र्‍यानसमवेयर गिरोहसँग सम्बन्धित व्यक्तिहरूको परिचय वा ठेगाना पत्ता लगाए सरकारलाई तत्काल खबर गर्न आग्रह गरिएको छ ।

तस्वीर सार्वजनिक भएको व्यक्तिको बोलाइने नाम ‘टार्गेट’ रहेको छ । ‘टार्गेट’सँगै सो गिरोहमा अन्य चार सदस्य ‘ट्र्याम्प’, ‘डान्डिस,’ ‘प्रोफेसर’ र ‘रेशेव’ नाम गरेका व्यक्ति रहेका छन् ।

सन् २०२० देखि सक्रिय यो गिरोहले एक हजारभन्दा बढी कम्पनीकाे सिस्टम ह्याक गरिसकेको जनाइएकाे छ ।

गत एक वर्षमा मात्रै याे गिराेहले १८ करोड डलर फिरौती रकम लिएको थियो । त्यस्तै हालै कोस्टारिकामा २७ संस्थाबाट गिरोहले दुई करोड डलर फिरौती रकम लिइसकेको छ ।

रुसी सरकारबाट संरक्षित ह्याकर भनेर चिनिएको यो गिरोहले रूसी सरकार वा देशको महत्वपूर्ण पूर्वाधारमा कुनै पनि साइबर आक्रमण भएमा त्यसको जवाफ दिने प्रतिबद्धता जाहेर गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३