close

मिडिया प्लेयर भीएलसीमाथि भारतको प्रतिबन्ध

टेकपाना टेकपाना

साउन २९, २०७९ ११:१३

मिडिया प्लेयर भीएलसीमाथि भारतको प्रतिबन्ध

काठमाडौं । चर्चित मिडिया प्लेयर भीएलसीमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै भारतमा भीएलसीको एप डाउनलोड गर्ने लिंक र वेबसाइट समेत ब्लक गरिएको जनाइएको छ । भारतको प्रतिबन्धको विषयमा कम्पनी आफैले समेत जानकारी दिएको छ ।

कम्पनीका अनुसार भारतका केही आईएसपीको नेटर्वकमा बाहेक सबैमा प्रतिबन्ध लगाइएको छ् । भारत सरकारले भीएलसीमाथि किन प्रतिबन्ध लगायो भन्ने विषयमा भने कुनै आधिकारिक जानकारी उपलब्ध भएको छैन् ।

तर, केही प्रतिवेदनले एप चिनियाँ ह्याकिङ ग्रुप ‘सिकाडा’ ले साइबर आक्रमणका लागि यो एप प्रयोग गर्ने गरेका खुलेसँगै भारतले प्रतिबन्ध लगाएको हुनसक्ने अनुमान गरेका छन् । यसअघि साइबर सेक्युरिटी अनुसन्धान संस्थाले चिनियाँ ह्याकर ग्रुप सिकाडाले भीएलसीमार्फत प्रयोगकर्ताको डिभाइसमा मालवेयर पठाइरहेको जानकारी सार्वजनिक गरेको थियो ।

सोही अध्ययनलाई आधार मानेर भारत सरकारले भीएलसीमाथि प्रतिबन्ध लगाएको हुने सक्ने आँकलन गरिएको छ । भारत सरकारले भीएलसीमाथि गएको फेब्रुअरी १३ बाटै प्रतिबन्ध लगाउन थालेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एप माथि किन प्रतिबन्ध लगाइयो भन्ने विषयमा भने भारत सरकारले कुनै जवाफ दिएको छैन् । भातरमा भीएलसीका करोडौं प्रयोगकर्ता रहेका छन् । यस्तोमा कम्पनीले भारतका नागरिकलाई ट्वीटरमार्फत सहयोगको लागि आग्रह समेत गरेको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३