close

अमेजनले ल्यायो प्राइभेट फाइभजी, कम्पनीहरूले आफ्नै नेटवर्क बनाउन सक्ने

टेकपाना टेकपाना

साउन २९, २०७९ १२:१४

अमेजनले ल्यायो प्राइभेट फाइभजी, कम्पनीहरूले आफ्नै नेटवर्क बनाउन सक्ने

काठमाडौं । अमेजन अन्तर्गत क्लाउड बिजनेस भेन्चर अमेजन वेब सर्भिस (एएसडब्लू) ले प्राइभेट फाइभजी सेवाको सुरुवात गरेको छ ।

कुनै पनि कम्पनीले क्लाउडमा आधारित भएर आफ्ना लागि आफैँले फाइभजी नेटवर्क तयार गर्नसक्ने गरी कम्पनीले यो सेवाको ल्याएकाे हो ।

कम्पनीले गत वर्षको सुरुवातमै प्राइभेट फाइभजी नेटवर्कमा काम गरिरहेको जनाएको थियो । तर, अब भने कम्पनीले यो सेवा आधिकारिक रुपमै सञ्चालनमा ल्याएको छ ।

योसँगै अमेरिकाका विभिन्न स्थानमा रहेका अमेजन क्लाउड प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न सक्ने भएका छन् । भने, विस्तारै यो सेवालाई अन्य मुलुकमा समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

हुन त कम्पनीले ल्याएको यो सेवाको नाम र काम भने पूर्ण रुपमा फरक रहेको छ । कम्पनीले प्राइभेट फाइभजी भनेर यसलाई नामाकरण गरेको भएपनि यसले हालका लागि भने फोरजी मात्रै सपोर्ट गर्ने जनाइएको छ

‘यसले हालका लागि फोरजी एलटीईमात्रै सपोर्ट गर्छ,’ कम्पनीले भनेको छ, ‘तर, आगामी दिनमा फाइभजी समेत सपोर्ट गर्ने गरी यसको सिस्टम तयार पारिएको छ । त्यो हुँदा कम्पनीहरूले ‘अल्ट्रा लो’ लेटेन्सीमार्फत आफ्नै फोरजी तथा फाइभजी नेटवर्क तयार गर्न सक्नेछन् ।’

पछिल्लो समय नेटवर्कमार्फत हुने बढ्दो साइबर आक्रमणका घटनालाई लिएर धेरै कम्पनीहरूले आफ्नो प्राइभेट नेटवर्क निर्माण गर्न थालेका छन् ।

जसले गर्दा हुनसक्ने साइबर आक्रमणलाई कम गर्नुका साथै गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रयोग गर्न मद्दत पुग्ने जनाइएको छ । यस्तोमा कम्पनीले आफ्नो व्यवसायको दायरालाई विस्तारै गर्दै यो सेवाको सुरुवात गरेको हो ।     

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३