close

सुर्खेत, घोराही र तुलसीपुरमा भायनेटको इन्टरनेट र आईपीटिभी सेवा

टेकपाना टेकपाना

साउन २९, २०७९ १३:१४

सुर्खेत, घोराही र तुलसीपुरमा भायनेटको इन्टरनेट र आईपीटिभी सेवा

काठमाडाैं । इन्टरनेट एवं टेलिभिजन सेवा प्रदायक भायनेटले सुर्खेत, तुलसीपुर र घाेराहीमा शाखा विस्तार गरेको छ । देशका विभिन्न ठाउँमा शाखा विस्तार गर्ने क्रममा कम्पनीले हालै यी ठाउँमा सेवा सञ्चालनमा ल्याएको हो ।

भायनेटले हाल विभिन्न इन्टरनेट प्याकसँगै १७५ भन्दा बढी च्यानल भएको भयाटिभी सेवा दिँदै आएको छ ।

सेवा विस्तार भएको अवसरमा कम्पनीले सुर्खेत, तुलसीपुर र घाेराहीका नयाँ सेवाग्राहीका लागि आफ्नो अल्ट्रा-फाई प्याकेजमा चार महिनासम्मको ‘फ्री ओपनिङ अफर’ उपलब्ध गराएको छ ।

साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाई-फाई डिभाइस र भायटिभीको प्राइमरी सेटटप बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् ।

भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा आईपी टिभी सेवा ल्याएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३