close

बालबालिकालाई शुद्ध पढ्न सिकाउने गुगलको उपयोगी वेबसाइट

टेकपाना टेकपाना

साउन २९, २०७९ २१:३९

बालबालिकालाई शुद्ध पढ्न सिकाउने गुगलको उपयोगी वेबसाइट

काठमाडौं । गुगलले बालबालिकालाई लक्षित गर्दै नयाँ वेबसाइट ‘रिड एलङ’ सार्वजनिक गरेको छ । यसअघि एन्ड्रोइड एपको रुपमा उपलब्ध ‘रिड एलङ’लाई परिस्कृत गर्दै कम्पनीले वेब भर्सनमा उपलब्ध गराएको हो ।

कम्पनीले पहिलो चरणमा बेटा भर्सनको रुपमा यसको सुरुवात गरेको हो, जसमा विभिन्न लेभलका लागि चित्रमा आधारित सयौं कथा उपलब्ध रहेका छन् ।

जब बालबालिकाले त्यहाँ रहेको कुनै कथा छनोट गर्छन्, तब सिस्टमले बालबालिकालाई पढ्न लगाउँछ ।

त्यसरी कथा पढ्दै जाँदा पढिसकेको भागमा निलोले रङले हाइलाइट लाग्नेछ । जहाँ बालबालिकाले गलत पढ्छन्, त्यहाँ राताे अन्डरलाइन लाग्नेछ ।

उक्त गलत पढाइले सिस्टम आफैँले पुनः सिस्टमसँग उच्चारण गर्नका लागि आग्रह गर्नेछ । त्यो हुँदा कुन शब्दलाई कसरी पढ्ने भन्ने कुरा पनि बालबालिकाले सिक्नेछन् ।

गुगलले यो सेवा अग्रेजी, हिन्दी, गुजराती, बंगाली, मराठी, स्पेनिस, पोर्चुगिज लगायतका भाषामा उपलब्ध गराएको छ ।

गुगलले रिड एलङ एप सन् २०१९ मा सार्वजनिक गरेको थियो । हाल याे एपका प्रयोगकर्ता तीन करोड बढी रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३