ट्रेन्डिङ:
बालबालिकालाई शुद्ध पढ्न सिकाउने गुगलको उपयोगी वेबसाइट विज्ञापन रहित सामग्रीका लागि सहकार्य गर्दै एप्पल र फेसबुक  नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने ! गुगलले प्ले स्टोरबाट हटाएका असुरक्षित १६४ एप, तपाईंको मोबाइलमा त छैनन् ? बन्द भयो ग्लोबल आईएमईको १० वर्ष पुरानो मोबाइल बैंकिङ एप, नयाँ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न आग्रह ५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका व्यवसायको डिजिटल रूपान्तरणका लागि डेटा सबैभन्दा महत्वपूर्ण : प्याट्रिक ल प्ले स्टोरमा नयाँ अपडेट, अब स्मार्टफोनबाटै अन्य डिभाइसका लागि एप डाउनलोड गर्न सकिने ड्राइभिङ लाइसेन्सका सबै आवेदकको परीक्षा यही बैशाखभित्रै सम्पन्न गरिँदै, कहाँ सम्पर्क गर्ने ? 
close

बालबालिकालाई शुद्ध पढ्न सिकाउने गुगलको उपयोगी वेबसाइट

टेकपाना टेकपाना

साउन २९, २०७९

बालबालिकालाई शुद्ध पढ्न सिकाउने गुगलको उपयोगी वेबसाइट

काठमाडौं । गुगलले बालबालिकालाई लक्षित गर्दै नयाँ वेबसाइट ‘रिड एलङ’ सार्वजनिक गरेको छ । यसअघि एन्ड्रोइड एपको रुपमा उपलब्ध ‘रिड एलङ’लाई परिस्कृत गर्दै कम्पनीले वेब भर्सनमा उपलब्ध गराएको हो ।

कम्पनीले पहिलो चरणमा बेटा भर्सनको रुपमा यसको सुरुवात गरेको हो, जसमा विभिन्न लेभलका लागि चित्रमा आधारित सयौं कथा उपलब्ध रहेका छन् ।

जब बालबालिकाले त्यहाँ रहेको कुनै कथा छनोट गर्छन्, तब सिस्टमले बालबालिकालाई पढ्न लगाउँछ ।

त्यसरी कथा पढ्दै जाँदा पढिसकेको भागमा निलोले रङले हाइलाइट लाग्नेछ । जहाँ बालबालिकाले गलत पढ्छन्, त्यहाँ राताे अन्डरलाइन लाग्नेछ ।

उक्त गलत पढाइले सिस्टम आफैँले पुनः सिस्टमसँग उच्चारण गर्नका लागि आग्रह गर्नेछ । त्यो हुँदा कुन शब्दलाई कसरी पढ्ने भन्ने कुरा पनि बालबालिकाले सिक्नेछन् ।

गुगलले यो सेवा अग्रेजी, हिन्दी, गुजराती, बंगाली, मराठी, स्पेनिस, पोर्चुगिज लगायतका भाषामा उपलब्ध गराएको छ ।

गुगलले रिड एलङ एप सन् २०१९ मा सार्वजनिक गरेको थियो । हाल याे एपका प्रयोगकर्ता तीन करोड बढी रहेका छन् ।