ट्रेन्डिङ:
आजदेखि दराज मल फेस्ट सुरु, सामान खरिदमा विशेष छुट पाइने कस्तो होला सामसङ ग्यालेक्सी एस २३ ? मतदाता नामावलीमा तपाईंको नाम छ ?, यसरी हेर्नुहोस् आफ्नो विवरण आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! क्लबहाउसमा आउँदैछ रेकर्ड गर्न मिल्ने फिचर ट्वीटरमा संवेदनशील सामग्री राख्दै हुनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् ‘कन्टेन्ट वार्निङ’ फिचर ३५ सयले लिए टेलिकमकाे ई-सिम आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल
close

आजदेखि दराज मल फेस्ट सुरु, सामान खरिदमा विशेष छुट पाइने

टेकपाना टेकपाना

साउन ३०, २०७९

आजदेखि दराज मल फेस्ट सुरु, सामान खरिदमा विशेष छुट पाइने

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराजले आजदेखि ‘दराज मल फेस्ट २०२२’ सुरू गरेको छ ।

भदौ ५ गतेसम्म सञ्चालन हुने यो अनलाइन शपिङ मलमा विभिन्न ब्राण्डका उत्पादन खरिदमा विशेष छुट र विभिन्न अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यसअन्तर्गत मुख्य विशेषतामा एड टु कार्ट एन्ड विन, रु. ७००० सम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्याश सेल, शेक शेक, वाल अफ फेमलगायत छन् ।

कम्पनीका अनुसार यो अवसरमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्नका साथै ५०० भन्दा बढी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन विशेष छुटसहित खरिद गर्न सकिनेछ ।

यसका लागि विभिन्न बैंकका डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा छुट पाउने व्यवस्था गरिएकाे छ ।

कम्पनीका अनुसार मंगलबार ग्लोबल आईएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानी गर्दा १५ प्रतिशत (७५० रुपैयाँसम्मको छुट) र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाइनेछ ।

त्यस्तै बिहीबार मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाउन सकिनेछ ।

त्यस्तै शुक्रबार नबिल बैंकबाट डेबिट क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५०० रुपैयाँसम्म) र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५०० रुपैयाँ) पाइनेछ ।

त्यस्तै ‘ब्रान्ड अफ द डे’ जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अभियान अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ । उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट दिनेछ ।

त्यस्तै एर्कले आफ्ना सबै उत्पादनहरूमा १० प्रतिशतसम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

त्यस्तै ‘एड टु कार्ट एण्ड विन’ याेजनाले ग्राहकहरूलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराज मल उत्पादनहरू थपेर अभियानभर हरेक दिन भाउचर जित्ने मौका प्रदान गर्ने जनाइएको छ ।

साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु. २०० को भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन् ।