close

भीपीएन सेवा ल्याउँदै नेपाली एन्टिभाइरस एप, तर कानूनी व्यवधानले रोकियो टिभी च्यानलको प्रसारण

टेकपाना टेकपाना

साउन ३०, २०७९ ११:४५

भीपीएन सेवा ल्याउँदै नेपाली एन्टिभाइरस एप, तर कानूनी व्यवधानले रोकियो टिभी च्यानलको प्रसारण

काठमाडौं । नेपाली एन्टिभाइरस एप एम सेक्युरिटीले भीपीएन सेवासमेत उपलब्ध गराउने भएको छ । एन्टिभाइरससँगै आईपीटिभी सेवा दिँदै आएको एपले अब नयाँ सेवा थप गर्ने भएको हो ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) फरिद अलीका अनुसार आउँदो शुक्रबारभित्र नेपाली र भारतीय भीपीएन सर्भरलाई एपमा जोडिनेछ । यसबाट उच्च गतिमा अनलाइन गेम खेल्न सकिनुका साथै लेटेन्सी तथा पिङसमेत न्यून हुने उनले बताए ।

यसअघि नै एपको सब्सक्रिप्सन लिएका प्रयोगकर्ताले भीपीएन सेवाका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । कम्पनीले ५०० रुपैयाँमै वार्षिक सब्सक्रिप्सन उपलब्ध गराउँदै आएको छ । जब कि अन्य विदेशी एपमार्फत नेपाली तथा भारतीय सर्भरका लागि मासिक ११०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

एम सेक्युरिटीको एपमा भीपीएन परीक्षणको कार्य सम्पन्न भइसकेको अलीले बताए । “अब लाइभ गर्न मात्रै बाँकी छ,” उनले भने, “मुख्यतः हामीले गेमिङलाई लक्षित गर्दै एपमा भीपीएन सेवा ल्याउन खोजेका हौँ ।” तर कानूनी व्यवधान आएको भन्दै एम सेक्युरिटीले तत्कालका लागि टिभी च्यानल देखाउन भने बन्द गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३